कैलाली । टीकापुर उद्योग वाणिज्य सङ्घको २६औँ साधारणसभाबाट सन्तोष खड्का अध्यक्षमा निर्वाचित भएका छन । उनले निकटतम प्रतिद्वन्द्वी कृष्णप्रसाद उपाध्यायलाई पराजित गरेका हुन ।
सङ्घको उपाध्यक्षमा (उद्योगतर्फ) दीपेन्द्र रावल, उपाध्यक्ष (वाणिज्यतर्फ) अर्जुन भट्टराई, महासचिवमा प्रकाश तिमिल्सिना, सचिवमा प्रकाश शाह तथा कोषाध्यक्षमा टीका शाही विजयी भएका हुन ।
यस्तै सदस्यमा उपेन्द्र बटाला, जनकबहादुर विष्ट, दीपक साउँद, रुपकबहादुर विष्ट, विजय धामी, सर्पराज साउँद, शैलेश साउँद र हेमन्त रिमाल निर्वाचित भएका हुन निर्वाचन संयोजक रघुप्रसाद उपाध्यायले जानकारी दिए । उनका अनुसार महिला सदस्यमा जानकी शाह, दलित सदस्यमा रमेश तिखातरी र जनजाति सदस्यमा सन्तोषकुमार कठरिया निर्वाचित भएका छन ।
आर्थिकन्यूज