- सुदृष्टी चापागाईं
'न चोर हार्य न च राजहार्यम् न भ्रातृभाज्यं न च भारकारि
व्यये कृते वर्धत एव नित्यंम् विद्याधनं सर्वधनात्प्रधानम् '
विद्या चोरी हुन सक्दैन, न राजाले हर्न सक्नुहुन्छ, न यसको अंशबन्डा हुन सक्दछ, यो जति बाढ्यो त्यति बढ्दछ, विद्या नै सबैभन्दा ठुलो धन हो । शिक्षा वा विद्याको महत्त्व हाम्रो संस्कार र सभ्यतामा सुरुदेखि नै बुझाइएको छ । आज पनि शिक्षाको महत्त्व बुझाइन्छ तर अवधारणामा धेरै फरक छ। अहिलेको समयमा शिक्षाको महत्त्व पैसाले निर्धारण गर्दछ। हुन त समय परिवर्तनशील छ । समयसंगै समाज र सामाजिक विषयवस्तुको अवधारणामा परिवर्तन आउनु स्वाभाविक हो । यद्यपि, मिमांशा दर्शनले मान्दछ कि ‘एक तरिकाले काम गर्न सम्भव नभए त्यसको विकल्प अपनाउनु पर्दछ, तर मुलमन्त्र परिवर्तनशील हुदैन , सार भने मर्न दिनु हुदैन ।’ तसर्थ, शिक्षाको अवधारणामा परिवर्तन आएतापनि केही कुरा आजसम्म लागु हुने हुन्छ।
अर्थतन्त्र भनेको भएका श्रोत साधनको उचित प्रयोग गर्नु हो। पैसा कसको भन्ने एक अध्ययन गर्न खोज्दा पाएका यथार्थ यस्तो थियोे । एक ट्याक्सीको ड्राइभरलाई कसैले आएर ूलिनुस यो २००० रुपैयाँ, म २ घण्टा पछि आउछुँ अनि कतै जाउँलाू भनी भन्दछ । एकजना व्यापारी आएर ट्याक्सी ड्राइभरसँग ूत्यो तपाईंले खानुभएको खानाको पैसा २००० भएको छू भनी भन्दछ र उसले त्यो २००० रुपैयाँ लिएर जान्छ। त्यसपछि दुध बेच्ने मान्छे त्यो व्यापारीकोमा आएर दुधको हिसाबमा २००० रुपैयाँ माग्दछ, उसले लिएर जान्छ।
त्यसपछि त्यो दुध बेच्ने मान्छे ट्याक्सी ड्राइभर भएको ठाउँमा आएर ल, अस्ति मैले तपाइको ट्याक्सी चढेको पैसा यत्ति २००० बाकी छ , लिनुसू भनी दिन्छ र त्यो सुरुमा आएको मान्छे आएर ूदाई, म नजाने भए, ल मेरो पैसा फिर्ता दिनुहोस्ू भनी माग्दछ, र उसकोमा नै त्यो पैसा फिर्ता जान्छ । यसरी पैसा एकजनाको पनि हुदैन, तर सबैको समस्या समाधान हुन्छ ९ दुध बेच्ने मान्छे ट्याक्सी चढेर कतै जान सक्छ, ट्याक्सी चलाउने मान्छे खाना खान सक्छ, व्यापारीले दुध किन्न सक्छ जब पैसा उनीहरु मध्ये कसैको पनि थिएन।
तपाईंहरु मेरो देश विरुद्ध लड्दै हुनुहुन्छू भन्दा शिक्षा र गुण एकजनाको हुदैन, तपाईको धर्म उपचार गर्नु हो, तपाईले नाई भन्नु हुदैनू भनी जवाफ दिइएको पाइन्छ।
यस्तै उदाहरण हामीले मोबाइल बैंकिंगबाट सारेको पैसामा देख्न सक्छौं, त्यहाँ साच्चैमा पैसा सर्दैन, तर हामीले पैसा नै गएको कल्पना गर्दछौं, तर त्यो सरेको नम्बर बैंकमा जम्मा गरेको पैसाबाट नै छ, तसर्थ, हामीले केही काम पुरा हुदा पैसा दिन पर्ने ठाउँमा त्यसले नै पैसाको काम गरेको मान्दछौ । अब यसरी बुझ्दा पैसा सबैको हातबाट जान्छ, पैसा कसैको हैन , तर समस्याको समाधान आवश्यक हुन्छ। अर्थात, भोकोले आफ्नो भोक मेट्न खाना खान पाउन जरुरी छ, बिरामीले उपचार पाउन जरुरी छ, पैसा त्यहाँ हुन पनि सक्छ, नहुन पनि सक्छ, तर समस्याको समाधान आवश्यक हुन्छ, समाजमा कुनै योगदान आवश्यक हुन्छ। अर्थात पैसाको महत्त्व कामसंग हुन्छ, काम पुरा हुनु सबैभन्दा महत्त्वपूर्ण कुरा भयो।
त्यहीं काम पुरा हुन शिक्षाको महत्त्व रहेको छ। रामायणको एक उदाहरणले यसलाई बुझ्न सहज हुन्छ। रामायणमा राम र अरु राजकुमारहरुलाई शिक्षा दिने बेलामा गुरुले मनोभाव, राजनीति, समाजशास्त्र सबै सिकाउनु हुन्छ, यद्यपि, युद्धको बेला इन्द्रजीतको बाणले लक्ष्मणलाई लाग्दा लंकाको वेदलाई बोलाएर उपचार गर्न आग्रह गर्दा वेदले, म उपचार गर्न नैतिक मान्दिन, तपाईंहरु मेरो देश विरुद्ध लड्दै हुनुहुन्छू भन्दा शिक्षा र गुण एकजनाको हुदैन, तपाईको धर्म उपचार गर्नु हो, तपाईले नाई भन्नु हुदैनू भनी जवाफ दिइएको पाइन्छ। यसबाट दुई कुरा सिक्न आवश्यक छ , आज पनि डाक्टरले कुनै पनि आफ्नो बिरामीलाई नाई भन्नु हुदैन भनी सिकाइन्छ। अर्को कुरा भने शिक्षामा आफूले नजानेको कुरा अरुबाट लिन पर्छ र आफ्नो ज्ञानको क्षमताले भ्याएसम्म मद्दत गर्नु पर्दछ। शिक्षाले समस्याको समाधान हुने किसिमको कुरा सिकाउनु पर्दछ।
शिक्षा कस्तो लिने भन्दा बजारमा बेच्न सक्ने किसिमको लिने भन्ने एक भनाई प्रख्यात हुदै गर्दा त्यो बेलाको समाज र आजको समाजमा कति फरक रहेछ भनी थाहा हुन्छ। हुन त परिवर्तन नकार्न नसकिने नियम हो, तर पनि शिक्षामा महत्त्व पैसासँग मात्र जोड्दा, समाजमा दिने योगदान भनी नसम्झदा एक उदाहरण बुझ्न आवश्यक छ। एक मान्छेको सन्तान जन्मियो, उसले त्यो सन्तानलाई विद्यालय पठाएन, बरु विद्यालय जान लाग्ने सबै खर्च दराजमा जम्मा गरेर राख्यो।
नर्सरी देखि कक्षा १० सम्मको तेह्र वर्ष र एघार र बाह्र पढ्दा अरु दुई वर्ष गरी उसले १५ वर्षसम्म सबै पैसा जम्मा गरी राख्यो। विद्यालय पठाएको भए यति लाग्थ्यो, स्कुल र कलेजका लुगा, कापी किताब कलम सबैको पैसा जम्मा गर्दा काठमाडौँमा ४ तल्ला घर हुने पैसा जम्मा भएछ, काठमाडौँमा एक तल्लाको भाडा २० हजार हुन्छ, उसले त ३ तल्ला भाडामा दिएर, एक तल्लामा बस्दा महिनाको ६० हजार सहजै कमाउने व्यवस्था भयो। तर यसमा समाजमा के योगदान पुग्यो त ? बरु उसको सन्तान डाक्टर हुने गरी पढ्ने हो भने थप ५० देखि ६० लाख लाग्ला तर एक डाक्टरको घरमा पनि भाडामा मान्छे बस्ने हुन्छन्, घरमा भाडा लगाएका सबैजना डाक्टर भने हुदैनन्। अर्थात, एक डाक्टरले गर्न सक्ने काम शिक्षा नलिएको मान्छेले गर्न सक्दैन , तसर्थ, बाबुआमाको सपना सन्तान डाक्टर र इन्जिनियर हुन् , शिक्षक वा कुनै विषयका विज्ञ हुन् भन्ने रहन्छ।
मान्छे बिरामी पर्दा डाक्टरले गर्ने काम शिक्षा नभएको मान्छेले गर्न सम्भव हुदैन। शिक्षा भन्दै गर्दा डिग्रीको मात्र कुरा गरिएको भने हैन, अनुभवले पाइने शिक्षा, समाजको अध्ययन गरेको सबै शिक्षाको कुरा गरिएको हो। यस्तै कन्फुसियसले पनि शिक्षा राज्य र राजा दुवैलाई चाहिन्छ भनी भन्नुहुन्छ। तसर्थ, शिक्षाले यत्तिका वर्षसम्म ल्याएको सबै परिवर्तनमा नमारेको सार के हो भने, समस्याको समाधान वा समाजमा आवश्यक योगदान पुर्याउन आवश्यक हुन्छ। यहीं कुरा अर्थतन्त्रसंग सम्बन्धित छ।
आर्थिकन्यूज