शीर्षकहरू

जेनजी प्रदर्शन : मृत्यु हुनेको संख्या ९ पुग्यो, १० जनाको अवस्था गम्भिर

ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा १, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु

जेनजी प्रदर्शन :  मृत्यु हुनेको संख्या ९ पुग्यो, १० जनाको अवस्था गम्भिर

काठमाडौँ । जेन–जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा ९ जनाको मृत्यु भएको छ । विभिन्न अस्ततालहरूबाट प्राप्त जानकारी अनुसार, दिउँसो साढे ३ बजेसम्म ९ जनाको मृत्यु भइसकेको छ । बानेश्वरकेन्द्रित प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो ।

उपचारका लागि ट्रमा सेन्टर पु¥याइएका ६ जनाको, सिभिल अस्पतालमा १ जना, केएमसी अस्पतालमा १ जना तथा त्रिवि शिक्षण अस्पतालमा १ जनाकोे मृत्यु भएको हो ।

अस्पताल ल्याइएका ६ जनाको मृत्यु भएको ट्रमा सेन्टरका डा दीपेन्द्र पाण्डेले पुष्टि गरे। ’१० जना गम्भीर अवस्थामा छन् । उनीहरुको टाउको र छातीमा गोली लागेको छ,’ उनले भने, ’३० भन्दा बढी अन्य घाइतेको पनि उपचार भइरहेको छ ।

सिभिलका कार्यकारी निर्देशक मोहनचन्द्र रेग्मीले अस्पतालमा ल्याइएका १ जनाको मृत्यु भएको बताए । मृतकहरूको पहिचान खुल्न सकेको छैन । मोहनचन्द्र रेग्मीले अस्पतालमा दर्जनौं घाइतेको उपचार भइरहेको बताए ।

काठमाडौं मेडिकल कलेज सिनामंगलमा थप एक जनाको मृत्यु भएको छ । यससँगै जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ७ पुगेको छ । त्यस्तै, २० जना गम्भीर घाइतेको उपचार भइरहेको छ । त्यस्तै त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको बताइएको छ । 

प्रदर्शनमा सुरक्षाकर्मी र प्रदर्शनकारीतर्फ सय भन्दा बढी घाइते भएका छन्। अहिलेसम्म करिब एक सय भन्दा बढी घाइतेहरुको त्यहाँ उपचार भइरहेको छ । वीर अस्पतालको ट्रमा सेन्टरमा करिब ३० जना घाइतेहरुको उपचार भइरहेको छ । 

प्रदर्शनकारीलाई प्रहरीले पानीका फोहरा, अश्रुग्यास र गोली प्रहार गरेको छ। घाइतेको ट्रमा, सिभिल, एभरेस्ट लगायतका अस्पतालमा उपचार भइरहेको छ । केएमसी अस्पतालका प्रशासन प्रमुख नारायण प्रसाद दाहालका अनुसार, एक जनाको मृत्यु भएको हो ।

सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा ’जेन–जी’हरु प्रदर्शनमा उत्रिएका हुन् ।काठमाडौंसहित देशका मुख्य सहरमा प्रदर्शन भइरहेको छ । देशका अन्य शहरहरुमा पनि आन्दोनल हिंसक बन्दै गएको प्रशासनले जनाएको छ ।