शीर्षकहरू

पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला, बजाज पल्सर जित्न सक्ने मौका

पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला, बजाज पल्सर जित्न सक्ने मौका

काठमाडौं  । टाटा मोटर्सद्वारा उत्पादित तथा वितरित टाटा जेन्युइन पार्ट्स, टाटा अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पार्ट्स को नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रालिले पर्व उत्सव योजना ल्याएको छ ।  

यही विश्वासलाई अझ मजबुत बनाउन, यसपालीको दसैं, तिहार एवं छठ पर्वको अवसरमा सिप्रदी अटोपार्ट्सले ग्राहकहरूका लागि विशेष “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला” नामक आकर्षक लक्की ड्र योजना सार्वजनिक गरेको हो।

यस विशेष अफरमा सहभागी भएका ग्राहकहरूले बम्पर उपहारसहित थुप्रै शानदार पुरस्कार जित्ने अद्वितीय अवसर पाउने कम्पनीले जनाएको छ । जसमा लक्की ड्रमार्फत पाउन सकिने उपहार हरु यस्ता रहेका छन्  ।  

जसमा १,००,००० रुपैयाँमाथिको खरिदमा १५० सिसिको बजाज पल्सर (बम्पर उपहार),  ७५,००० रुपैयाँमाथिको खरिदमा १२५ सिसिको टिभिएस स्कुटर, २५,००० रुपैयाँमाथिको खरिदमा स्मार्ट टिभी र ५,००० रुपैयाँमाथिको खरिदमा स्मार्टफोन रहेका छन् । त्यस्तै, हरेक खरिदमा १,००० रुपैयाँसम्मका क्यासब्याक कुपनहरू ग्यारेन्टीका साथ प्राप्त गर्न सकिनेछ।