काठमाडौं । काठमाडौँको धापासीमा सञ्चालित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले जेनजी आन्दोलनका क्रममा घाइते भएकाको निःशुल्क उपचार गर्ने भएको छ । ग्राण्डीले आज एक विज्ञप्ती जारी गरी देशमा भएको विषम परिस्थितीमा घाइतेको चाप बढ्दो क्रममा रहेको भन्दै आन्दोलनका घाइतेको निःशुल्क उपचार गर्ने जानकारी दिएको हो ।
अस्पतालले आन्दोलनका क्रममा जीवन गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दे घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ । उक्त आन्दोलनमा परेर १९ जनाले ज्यान गुमाएका छन् भने सयौँ व्यक्ति घाइते भएका छन् । ग्राण्डीले आन्दोलनका क्रममा घाइते भएका विरामीको निःशुल्क उपचार र रगत उपलब्ध गराउने समेत बताएको छ ।
ग्राण्डी अस्पतालको आफ्नै सुविधासम्पन्न रक्तसञ्चार केन्द्रसमेत सञ्चालनमा रहेको छ । विस २०६९ मा स्थापना भएको उक्त अस्पतालले २०० शैयामार्फत विरामीलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
आर्थिकन्यूज