शीर्षकहरू

उपत्यका प्रहरी प्रमुख फेरिए

उपत्यका प्रहरी प्रमुख फेरिए

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी एआईजी दानबहादुर कार्कीलाई दिइएको छ । यसअघि निमित्त प्रमुखको जिम्मेवारीमा डीआईजी ओम राना थिए । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा सरकारले एआईजी दानबहादुर कार्कीलाई प्रमुखको रूपमा खटाएको छ ।

उनले मंगलबारदेखि जिम्मवारी सम्हालिसकेका हुन् । यसअघि उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी एआईजी टेक तामाङले सम्हालेका थिए । जो गत साता अवकाश पुगेका थिए । 

सोमबार बानेश्वरमा भएको जेनजीको प्रदर्शनको बेला कार्यालय प्रमुखविहीन रहेको थियो, र डीआईजी रानाले निमित्त प्रमुखको रूपमा जिम्मेवारी सम्हाल्दै स्थिति व्यवस्थापन गरेका थिए । एआईजी कार्कीको खटाइसँगै उपत्यकामा जारी सुरक्षा व्यवस्थापन र प्रदर्शन नियन्त्रणमा थप सशक्त नेतृत्व रहने अपेक्षा गरिएको छ।

प्रतिक्रिया