काठमाडौं । त्रिभुवन विश्वविद्यालय (टीयु)को पठनपाठन अब कात्तिक ११ गते छठपछि मात्रै सुरु हुने भएको छ । टीयुको सूचना तथा जनसम्पर्क महाशाखाले आज एक सूचना जारी गर्दै कात्तिक ११ गतेदेखि मात्र पठनपाठन हुने जनाएको हो ।
आगामी हिउँदे बिदाबाट कटौती गर्ने गरी २०८२ साल भदौ २९, ३० र ३१ तथा असोज १,२ र ५ साथै कार्तिक ९ गतेका दिन त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरिएको र नियमित पठन पाठन कार्तिक ११ गतेदेखि सञ्चालन हुने ब्यहोरा सम्बन्धित सवैमा निर्देशानुसार जानकारी गराइन्छ । जेनजीको आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिका कारण देशभरको पठनपाठन ठप्प भएको छ ।
आर्थिकन्यूज