शीर्षकहरू

जेनजी आन्दोलनको निसानामा एनआरएन भवन पनि पर्यो

जेनजी आन्दोलनको निसानामा एनआरएन भवन पनि पर्यो

काठमाडौं । आन्दोलनकारीको निसानामा गैरआवासीय नेपाली संघ (एनआरएनए)  को भवन पनि परेको छ । जेनजी आन्दोलनका क्रममा  मंगलबार प्रदर्शनकारीहरूले संघमा आगजनी गरेका हुन् । आगजनीबाट संघको दुई वटा गाडी जलेर ध्वस्त भएको छ । 

यस्तै भवनको पहिलो र दोस्रो तलमा सामान्य क्षति भएको छ । संघको भवनको पहिलो र दोस्रो तलामा नेपाल राष्ट्र बैंकको राष्ट्र बैंकको वित्तीय शाखा रहेको छ । जुन शाखाको एक भाग जलेको छ भने कार्यालय प्रवेश गर्दाको दायाँपट्टीको भागतर्फ भने कुनै क्षति भएको छैन ।