काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले भदौ २२ गतेदेखि लिलाम बढाबढ प्रक्रियामार्फत बिक्रीमा ल्याएको अवितरित हकप्रद शेयरमा बोलपत्र पेश गर्ने अवधि थप गरेको छ। इन्स्योरेन्सको लिलामी शेयरमा अब असोज ५ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ। हाल मुलुकमा देखिएको विषम परिस्थितिलाई मध्यनगर गरी अवधि थप गरेको इन्स्योरेन्सले बताएको छ।
इन्स्योरेन्सले गत असार २५ गतेदेखि साउन २० गतेसम्म १ बराबर ०.४२ अनुपातमा निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर बिक्री गरेको हो।इन्स्योरेन्सले संस्थापक समूहतर्फबाट ३० हजार ३८।५७ कित्ता र सर्वसाधारण समूहतर्फको ३ लाख २८ हजार ४७३।९१ कित्ता लिलाम बिक्रीमा ल्याएको हो। शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ।
बोलपत्र पेश गर्दा संस्थापकतर्फ न्यूनतम १ हजार कित्ता र सर्वसाधारणतर्फ न्यूनतम १०० कित्ता शेयरका लागि आवेदन दिनुपर्नेछ। अधिकतम संख्यामा भने कुनै हद तोकिएको छैन।
आर्थिकन्यूज