शीर्षकहरू

एनआरएनको काठमाडौंको सचिवालय बन्द

एनआरएनको काठमाडौंको सचिवालय बन्द

काठमाडौं । जेन–जी आन्दोलनको क्रममा बालुवाटारस्थित गैरआवासीय नेपाली संघको मुख्य सचिवालय रहेको भवन आंशिक रूपमा क्षतिग्रस्त भएको हुँदा केहि समयको लागि बन्द हुने भएको छ ।

यसको पुनर्निर्माण सम्पन्न नभएसम्म मिति २०८२ भदौ ३० गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि संघको सचिवालय अस्थायी रूपमा बन्द रहने जानकारी सचिवालयले गराउको छ ।