काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पनीले लिमिटेडले भदौ ३ गतेदेखि बिक्रीमा ल्याएको हकप्रद शेयरमा आवेदन दिने म्याद पुन थप भएको छ । कम्पनीले भदौ २३ गतेसम्म आवेदन दिन पाइने भनेको थियो । उक्त समयमा आवेदन नपरेपछि म्याद थपेर भदौ ३१ गते पुर्याइएको थियो । तर, देशमा देखिएको पछिल्लो जेन–जी घटनाक्रमका कारण पुनः असोज ६ गतेसम्मका लागि म्याद थप भएको कम्पनीले जनाएको छ।
कम्पनीले हाल कायम चुक्ता पुँजी ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँबराबरको प्रतिकित्ता १०० रूपियाँका दरले १ः१ अनुपातमा ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर निष्कासन गरिरहेको छ । कम्पनीले हकप्रद प्रयोजनका लागि असार २७ गते एक दिन बुक क्लोज गरिसकेको छ ।
आर्थिकन्यूज