काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप ‘गरिमा डिजि बटुवा’मार्फत नेपालको आफ्नै भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गरेको छ। यसका लागि बैंकले फोनपे नेटवर्कसँग सहकार्य गरेको छ।
बैंकका ग्राहकहरूले नजिकैको शाखा कार्यालयमा गएर फारम भर्ने क्रममा आफ्नो मोबाइल बैंकिङ एपमा भर्चुअल क्रेडिट कार्ड सेवा सक्रिय गर्न सक्नेछन्। यस भर्चुअल क्रेडिट कार्डमार्फत ग्राहकले फोनपे नेटवर्कमा उपलब्ध कुनै पनि क्यूआर कोडबाट सजिलै भुक्तानी गर्न सक्नेछन् ।
यस सेवामा न्यूनतम रु. १० हजार रुपैयाँदेखि अधिकतम रु. १ लाखसम्म क्रेडिट सीमा रहेको छ। ग्राहकहरूले अधिकतम ४५ दिनसम्म बिना ब्याज क्रेडिट प्रयोग गर्न पाउनेछन् भने १० प्रतिशत वा सम्पूर्ण रकम समयमै तिर्ने विकल्पसमेत उपलब्ध छ।
भौतिक कार्ड नभए पनि मोबाइल एपमा भर्चुअल कार्ड प्रयोग गर्दा सुरक्षा र सजिलो अनुभव मिल्ने बैंकको विश्वास छ।
हाल गरिमा विकास बैंकसँग देशभर १२५ शाखा, १ एक्स्टेन्सन काउन्टर र ५१ एटीएम सेवा उपलब्ध छन्। बैंकले नविनतम डिजिटल बैंकिङ सेवासहित सरल, सुरक्षित र गुणस्तरीय सेवा प्रवाह गर्दै आएको छ।
आर्थिकन्यूज