शीर्षकहरू

वाणिज्य बैंकहरुको एक महिनाको नाफा ८ अर्ब ३८ करोड, कुनको कति ?

वाणिज्य बैंकहरुको एक महिनाको नाफा ८ अर्ब ३८ करोड, कुनको कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८२-८३ कोे पहिलो महिना अर्थात साउनमा २० वाणिज्य बैंकले ८ अर्ब ३८ करोड रुपैयाँ खुद मुनाफा गरेका छन् । गत आवको यसै अवधिको तुलनामा बैंकहरुको खुद मुनाफा साढे ८ प्रतिशतले घटेको हो । गत आवको साउन महिनामा वाणिज्य बैंकहरुले ९ अर्ब १७ करोड रुपैयाँ खुद मुनाफा गरेका थिए। 

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २० वटा वाणिज्य बैंकहरुमध्ये समीक्षा अवधिमा ११ वटा बैंकको मुनाफा घटेको छ भने ९ वटाको बढेको छ । 

साउनमा सबैभन्दा धेरै नाफा ग्लोबल आइएमई बैंकले कमाएको छ । बैंकले ७८ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । दोस्रो सूचीमा रहेको नबिल बैंकले ७१ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । तेस्रो सूचीमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि ६३ करोड ४२ लाख ३० हजार रुपैयाँ नाफा कमाएको छ । 

, राष्ट्रिय वाणिज्य बैंकले ५५ करोड ८३ लाख, नेपाल बैंकले ५५ करोड २७ लाख, प्राइमले ५० करोड ४९ लाख, कुमारीले ४९ करोड २४ लाख, एभरेष्टले ४८ करोड ३९ लाख, एनएमबिले ४६ करोड ६७ लाख, हिमालयनले ४० करोड ८९ लाख र सिद्धार्थ बैंकले ४० करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । 

गत साउनमा लक्ष्मी सनराइज बैंकले ३९ करोड ४४ लाख, सानिमाले ३९ करोड २ लाख, एनआइसी एशिया ३१ रकोड ९३ लाख, प्रभूले ३० करोड २३ लाख, सिटिजनले २७ करोड २४ लाख, स्ट्याण्डर्ड चार्टर्डले २७ करोड १६ लाख, माछापुच्छ्रेले २६ करोड ५२ लाख, नेपाल एसबिआईले १५ करोड ८९ लाख र कृषि विकासले ३७ लाख ५० हजार रुपैयाँ नाफा कमाएका छन् ।

कृषि विकास बैंकको नाफा सबैभन्दा धेरै घटेको छ । गत आवको ७१ करोड २१ लाख रुपैयाँ खुद मुनाफा गरेको चालु आवको पहिलो महिना ३७ लाख ५० हजार रुपैयाँ मात्रै खुद मुनाफा गरेको छ । त्यसैगरी, गत वर्षको साउनमा ३३ करोड ३३ लाख रुपैयाँ रहेको एनएमबी बैंकको नाफा चालु आवको साउन महिनामा १५ करोड ८९ लाख रुपैयाँमा सीमित हुन पुगेको छ ।

कुन बैंकको नाफा कति  ?

ग्लोबल आइएमई                         ७८ करोड ४५ लाख
नबिल                                    ७१ करोड ६४ लाख 
नेपाल इन्भेष्टमेन्ट मेगा                    ६३ करोड ४२ लाख 
राष्ट्रिय वाणिज्य                           ५५ करोड ८३ लाख, 
नेपाल बैंक                                 ५५ करोड २७ लाख
प्राइम                                  ५० करोड ४९ लाख
कुमारी                                 ४९ करोड २४ लाख
एभरेष्ट                                 ४८ करोड ३९ लाख
एनएमबि                               ४६ करोड ६७ लाख
हिमालयन                              ४० करोड ८९ लाख
सिद्धार्थ बैंक                         ४० करोड १३ लाख
लक्ष्मी सनराइज                    ३९ करोड ४४ लाख
सानिमा                              ३९ करोड २ लाख
एनआइसी एशिया                  ३१ रकोड ९३ लाख
प्रभू                                   ३० करोड २३ लाख
सिटिजन                            २७ करोड २४ लाख
स्ट्याण्डर्ड चार्टर्ड                   २७ करोड १६ लाख
माछापुच्छ्रे                              २६ करोड ५२ लाख
नेपाल एसबिआइ                   १५ करोड ८९ लाख
कृषि विकास                         ३७ लाख ५० हजार