शीर्षकहरू

जेनजी प्रर्दशनमा राष्ट्रिय वाणिज्य बैंकबाट १८ किलो सुन र ५ करोड नगद लुटियो

जेनजी प्रर्दशनमा राष्ट्रिय वाणिज्य बैंकबाट १८ किलो सुन र ५ करोड नगद लुटियो

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले सुशान्त प्रधानसँगको पोडकाष्टमा प्रर्दशनका क्रममा वित्तीय क्षेत्रमा ठूलो क्षति नभएको र राष्ट्रिय वाणिज्य बैंकको सवा ५ करोड र १८ किलो सुन लुटिएको बताएका छन् । 

भदौ २४ मा प्रर्दशनकारीले बानेश्वसस्थित संसद् भवनमा आक्रमण गरेका थिए । सोही क्रममा संसद् भवन परिसरमै रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयमा पनि तोडफोड तथा लुटपाट भएको थियो । बैंकमा रहेको ५ करोड १५ लाख रुपैयाँ र १७ हजार ९ सय ४५ ग्राम (करिब १८ किलो) सुन चोरी भएको बैंकले स्वीकार गरेको छ ।

गभर्नर पौडेलकाअनुसार मुलुकभर रहेका बैंक तथा वित्तीय संस्थाका ६८ वटा शाखा र एक्सटेन्सन काउन्टर, ६९ वटा एटीएममा तोडफोड तथा आगजनी भएको छ । तीमध्ये २५ शाखा कार्यालय र ४३ वटा एक्सटेन्सन काउन्टर छन् । ती शाखा तथा एक्सटेन्सन काउन्टरमा धेरै क्षतिको विवरण भने छैन । प्रर्दशनका क्रममा भएको क्षतिका बारेमा राष्ट्र बैंकले तथ्यांक संकलन गरिरहेको जनाएको छ ।