काठमाडौ । जेनजी प्रदर्शनीका कारण एक साताभन्दा बढी समयपछि खुलेको शेयर बजारमा प्रि-ओपन सेसनमै ठूलो गिरावट आएको छ । आज प्रि-ओपन सेसनमा नेप्से परिसूचक ३४.२७ अंक घटेर बन्द भएको छ।
बिहीबार प्रि-ओपन सेसनमा १६८ स्टकको ७५२ पटकको कारोबारमा ५ करोड २७ लाख ६ हजार रुपैयाँ बराबरको १ लाख ३० हजार ५८५ कित्ता शेयर खरिदबिक्री भएको छ। प्रि-ओपन सेसनमा १३ स्टकको मूल्य बढेको छ भने १५२ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य भने स्थिर रहेको छ।
आर्थिकन्यूज