काठमाडौ. । जीनजी प्रदर्शनपछि खुलको शेयर बजारमा भारी गिरावट आएको छ । कारोबार खुलेको पहिलो ३ मिनेट नपुग्दै ४ प्रतिशतले नेप्से घटेपछि शेयर कारोबार २० मिनेटका लागि स्थगित भएको छ ।
नेप्से सूचक १०७.०४ अंक अर्थात् ४ प्रतिशतले घटेपछि बजारमा पहिलो नेगेटिभ सर्किट ब्रेक लागेको हो। यस संगै बजार २० मिनेटलाई बन्द भएको छ । अब बजार ११ बजेर २२ मिनेटमा खुल्ने छ।
बजार सुरु भएको पहिलो घण्टा भित्रमा शेयर बजार ४ प्रतिशतले घटबढ भएमा २० मिनेट सर्किट ब्रेक लाग्ने व्यवस्था छ । त्यस्तै दोस्रो घण्टा भित्रमा ५ प्रतिशतले घटबढ भएमा ४० मिनेट सर्किट ब्रेक लाग्ने व्यवस्था छ । र तेस्रो घण्टा भित्र ६ प्रतिशतले घटबढ भएमा पुरै दिनको लागि कारोबार बन्द हुने व्यवस्था छ।
आर्थिकन्यूज