काठमाडौं । एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले राजीनामा दिएका छन् । न्यौपानेले बिहीबार बिहान राजीनामा गरेका हुन्।
बैंक सञ्चालक समितिको बिहीबारको बैठकबाट उनको राजीनामा स्वीकृत भइसकेको जनाइएको छ । न्यौपानेले कार्यकाल बाँकी छँदै राजीनामा गरेका हुन्।
न्यौपाने २०७९ कात्तिकमा दोस्रो पटक थप ४ वर्षका लागि सीईओ नियुक्त भएका थिए । न्यौपानेको राजीनामा पछि बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा सन्तोष राठीलाई नियुक्त गरिएको छ । उनी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत थिए ।
आर्थिकन्यूज