काठमाडौं । सरकारले विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउने व्यवस्था गर्ने तयारी गर्ने भएको छ । गृह तथा कानूनमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था मिलाउन आफू लागि परेको जानकारी दिएका हुन् ।
सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउने व्यवस्था मिलाउन आदेश दिएको थियो । सो आदेशलाई कार्यान्वयन गर्ने तर्फ आफू लागिपरेको मन्त्री अर्यालले बताए । निर्वाचन आयोगमा बिहीबार भएको छलफलमा भाग लिने क्रममा उनले यस्तो धारणा राखेका हुन्। समानुपातिक निर्वाचन प्रणालीमा भए पनि मतदान गर्न पाउनुपर्ने माग बढेको उल्लेख गर्दै उनले यसलाई सम्भव बनाउनुपर्ने बताएका हुन् ।
‘विदेशमा रहेका नेपालीले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत भए पनि मतदान गर्न पाउनैपर्ने उनको धारण थियो । मतदानको पूर्ण सम्भावना नभएका देशहरूमा राजदूतावासमार्फत प्रविधिको प्रयोग गरेर मतदानको व्यवस्था गराउनुपर्ने गृहमन्त्री अर्यालको भनाइ थियो ।
आर्थिकन्यूज