पुनहरि बेल्बासे
भैरहवा । जेन–जी आन्दोलनका क्रममा रुपन्देही जिल्लामा २३ वटा सरकारी भवनमा क्षति पुगेको छ । २३ र २४ भदौमा भएको आन्दोलनमा अराजक समूहले तोडफोड र आगजनी गर्दा रुपन्देही जिल्लाका सरकारी तथा निजी भवनहरूमा क्षति पुगेको हो । ३ ओटा भवनमा पूर्ण क्षति भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।
यस्तै, १९ ओटा भवनमा आंशिक क्षति भएको छ । दुुई पाङ्ग्रे सवारी साधन ३५ ओटामा पूर्ण क्षति भएको छ भने ३ ओटामा आंशिक क्षति भएको छ । २० ओटा चारपाङ्ग्रे सवारी साधन पूर्ण रुपमा क्षति भएको छ भने २ ओटामा आंशिक क्षति भएको प्रशासनले जनाएको छ । जसबाट ५ करोड, १० लाख, २८ हजार ५ सय ८० रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।
क्षति हुने कार्यालयमा हेभी इक्यिुमेन्ट डिभिजन कार्यालय बुुटवल, पर्यटन डिभिजन कार्यालय, इलाका प्रशासन कार्यालय बुुटवल, भैरहवा भन्सार कार्यालय, आन्तरिक राजश्व कार्यालय बुुटवल, जिल्ला सरकारी वकिल कार्यालय, कञ्चन गाउँपालिका, सिद्धार्थनगर नगरपालिका, गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालय, घरेलुु तथा साना उद्योग कार्यालय, राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति लगायतका रहेका छन् ।
यसैगरीआन्तरिक राजश्व कार्यालय भैरहवा, श्रम तथा रोजगार कार्यालय, यातायात व्यवस्था कार्यालय सवारी, यातायात व्यवस्था कार्यालय लाइसेन्स कार्यालय, मालपोत कार्यालय बुुटवल, प्रदेश लोकसेवा आयोग, देवदह नगरपालिका राष्ट्रिय कृषि आधुनिकीकरण कार्यालय, कार्यक्रम कार्यान्वयन इकाइ, तिलोत्तमा उद्योग वाणिज्य संघ लगायतका रहेका छन् ।
आर्थिकन्यूज