काठमाडौं। टाटा मोटर्सका टाटा जेन्युइन पार्ट्स, टाटा अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पार्ट्स को नेपालका लागि आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रालि हो। नेपालको सवारीसाधन बजारमा टाटा जेन्युइन पार्ट्स व्यावसायिक सवारी प्रयोगकर्ताहरूको विश्वसनीय छनोट बन्दै आएको कम्पनीले जनाएको छ। यही विश्वासलाई अझ मजबुत बनाउन र ग्राहकहरूलाई टाटा जेन्युइन पार्ट्सको प्रत्येक खरिदमा विशेष उपहार दिने उद्देश्यले कम्पनीले आकर्षक अफर सार्वजनिक गरेको छ।
हालै देशमा आएको संवेदनशील परिस्थितिका कारण स्थगित गरिएको योजनालाई पुनः सुरु गर्दै कम्पनीले यसपालिको दशैँ, तिहार एवं छठ पर्वको अवसरमा “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला” नामक विशेष योजना ल्याएको हो।
यस योजनामा सहभागी हुने ग्राहकहरूले हरेक खरिदमा ग्यारेन्टीसहित रु१,००० सम्मका क्यासब्याक कुपनहरू पाउने कम्पनीले जनाएको छ । भने लक्की ड्रमार्फत बम्पर रु १,००,००० भन्दा बढीको खरिदमा – १५० सिसिको बजाज पल्सर (बम्पर उपहार), रु ७५,००० भन्दा बढीको खरिदमा – १२५ सिसिको टिभिएस स्कुटर, रु २५,००० भन्दा बढीको खरिदमा – स्मार्ट टिभी जित्न सकिने कम्पनीले जनाएको छ । त्यस्तै, रु ५,००० भन्दा बढीको खरिदमा – स्मार्टफोन, सक्कली पार्ट्सको लाभ लिन सकिन्छ ।
आर्थिकन्यूज