काठमाडौं । आज शुक्रबार सुनचाँदीको भाउ वृद्धि भएको छ । यस दिन छापावाल सुनको भाउ तोलाको ८ सय रूपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघमा अनुसार हिजो बिहिबार एक तोला सुनको मूल्य २ लाख १५ हजार २ सय रुपैयाँ रहेकोमा आज २ लाख १६ हजार पुगेको छ ।
चाँदीको भाउ तोलामा ६० रूपैयाँले वृद्धि भएको छ । एक तोला चाँदीको मूल्य २ हजार ५८० रुपैयाँ पुगेको छ । हिजो एक तोला चाँदीको मूल्य २ हजार ५२० रुपैयाँ थियो ।
आर्थिकन्यूज