शीर्षकहरू

'नेपाल सेफ छ' भन्ने सन्देश विश्वमा फैलाउन सरकारले पहल गर्नुपर्यो : अध्यक्ष शाह

'नेपाल सेफ छ' भन्ने सन्देश विश्वमा फैलाउन सरकारले पहल गर्नुपर्यो : अध्यक्ष शाह

काठमाडौं ।  जेनजीहरुको प्रदर्शनबाट धेरैजसो क्षत प्यानिक बनेको अवस्था छ । ठुलो जनधनको क्षति भएको सो प्रदर्शनले पुरा अर्थतन्त्र नै प्यानिक बनाएको अवस्था छ । सत्ता नै परिवर्तन गराएको सो प्रदर्शनबाट निजी क्षेत्रमा पनि खरबौँको सम्पत्तिमा आगजनी भएको छ ।

होटल क्षेत्रमा मात्रै २५ अर्ब रुपैयाँ बढीको भौतिक क्षति पुगेको छ । यो प्रारम्भि तथ्यांक हो । यस क्षेत्रको भौतिक क्षतिको ग्राफ अझै बढ्ने पर्यटन व्यवसायीहरुको भनाई छ । होटल एशोसिएशन अफ नेपाल (हान)का अनुसार दुई दर्जन बढी होटलमा आगजनी तथा तोडफोड भएको छ । 

जेनजीको प्रदर्शनको भौतिक क्षति भन्दा पनि त्यसबाट उत्पन्न हुने अर्थात् त्यसले विश्व सामु दिएको सन्देशबाट विशेषगरी पर्यटन क्षेत्रमा ठुलो क्षति पुगेको छ । सो प्रदर्शनपछि विश्वमा नेपाल असुरक्षित छ भन्ने सन्देश गएको अवस्था श्रृजना भएको हानका अध्यक्ष विनयक शाह बताउँछन् । उनका अनुसार विश्वका पर्यटकहरु नेपाल आउने कि नआउने दुविधामा रहका छन् । केहिदिन अशान्त बनेको नेपाल अहिले सामान्य अवस्थामा फर्किसकेको छ । सबै क्षेत्र चलायमान हुन थालेको छ । 

उनका अनुसार नेपाल शान्त अवस्थामा फर्किसकेको छ भनेर विश्वलाई सन्देश दिनु अहिलेको पर्यटन क्षेत्रको मुख्य काम हो । विश्वलाई नेपाल शान्त तथा सेफ छ भनेर सन्देश पुर्याउन सकियो भने दुविधामा रहेका पर्यटकलाई नेपाल तान्न सकिन्छ । यसका साथै नेपाल असुरक्षित छ भन्ने सोचेर बसेका विश्वका मानिसहरुालई पनि नेपाल शान्त भइसक्यो, सेफ छ भन्ने सन्देश दिन सकियो भने पर्यटक आगमन सुधार हुनेछ । 

यदि यसो गर्न ढिला गरिएको खण्डमा पर्यटन क्षेत्रले जेनजीको आन्दोलनबाट भएको क्षतिभन्दा ठुलो क्षति व्यहोर्न बाध्य हुने उनलको भनाई छ । 

यसका लागि हानले पर्यटन बोर्डको समन्वयनमा विश्वमा 'नेपाल सेफ छ' भन्ने सन्देश दिनेबारे छलफल गरिरहेको छ । नेपालको जहाँ जहाँ दूतावासहरु छन्, ति दुतवासहरुले सोही देशमा नेपाल शान्त छ, सेफ छ भन्ने सन्देश संप्रेशण गर्नुपर्दछ । यसबारे हानले पहल गरिरहेकाे अध्यक्ष शाहले बताए ।  

सरकारले यस विषयलाई महत्व दिनु पर्दछ । ताकि पर्यटकहरु नेपामा शान्त र सेफ छ भन्ने जानकारी पुगोस् । हानले हाल असन तथा इन्द्रचोकको भिडियो खिचेर विश्वमा रहका नेपालमा पर्यटन पठाउने एजेन्टहरुलाई सो भिडियो पठाई रहेको उनले बताए । 'यसो गर्दा नेपालको अवस्था नर्मल अवस्थामा नै फर्किएछ भन्ने प्रमाण उनीहरुलाई मिल्न छ । उनीहरुले पनि त्यस देशका जनतालाई यसकारे बताउँन सक्छन् । या उनीहरुले नेपालमा पर्यटन पठाउन डराउँदैनन् ।’ उनले भने । 

विश्व पर्यटन दिवस नजाकिँदै छ । २७ सेप्टेमबरका दिन विश्व पर्यटन दिवस विश्वभर मनाइन्छ । सो दिन नेपाल सरकारले नेपाल सामान्य अवस्थामा फर्किसकेको छ, शान्त तथा सुरक्षित छ भनेर विश्व सामु संप्रेषण गर्नुपर्ने अवस्था रहको र त्यसका लागि आफुहरुले पनि काम गरिरहेको उनले बताए । 

उनले भने, 'सरकारले नेपालको अवस्था ठिक-ठाक छ, शान्त छ, तपाईहरु नेपाल आउँनुस, हामी स्वागत गर्छौँ' भनेर संप्रेसण गर्न सकियो भने राम्रो हुन्छ । त्यसमा हामीले काम गरिरहेका छौँ । 

होटलको क्षतिले पर्यटकलाई दिने सेवामा असर पर्दैन 

अध्यक्ष शाहका आनुसार नेपालमा १० हजार वटा होटल छन् । २४ वटा होटलमा क्षति भएर नेपालमा आउने पर्यटकका लागि सेवा कमी हुँदैन । नेपालमा ३५ लाख पर्यटकलाई सेवा दिन सक्ने होटलहरु रहेको उनको भनाई छ । हाल नेपालमा रहेका होटलले आफ्नो क्षमताको एक तिहाइ मात्र सेवा दिएका छन् । 

होटलमा जुन किसिमले लगानी भएको छ सोही अनुसार नेपालमा पर्यटकहरुको आगमन हुनेगरी आगामी सरकारले काम गरोस भन्ने पनि उनले शुभकामना व्यक्त गरेका छन् । उनले भने, 'जेनजीले जुन भ्रष्टाचार निर्मूल हुनुपर्ने, देशमा विकास हुनुपर्ने लगायतको माग राखे यो ठिक छ । उनीहरुको माग पुरा भएको खण्डमा समग्र देश र जनतालाई नै फाइदा हुन्छ । विकासका काम भएको खण्डमा, पर्यटन क्षेत्रमा पनि फाइदा पुग्छ ।’

उनले देशमा बनिसकेका विमानस्थलहरु पनि सञ्चालन हुन नसकेको प्रति दुख व्यक्त गरेका छन् । देशका विभिन्न शहरहरुमा अन्तराष्ट्रिय विमानस्थल बनाउने र सञ्चालन गर्ने हो भने पर्यटनको आगमन पनि बढ्ने उनले बताए । यसैगरी, काठमाडौँ आउने सडकहरु कम्तिमा ४ लेनको बनाउनु पर्ने उनको धारणा थियो । काठमाडौँसम्म आउने रुटहरु सहज भएको खण्डमा भारतदेखि बंगलादेशसम्मका पर्यटकहरु स्थलमार्ग हुँदै नेपाल आउने उनको भनाई छ ।

उनले भने, 'नेपालको कुल हावापानीको अनुभव गर्न गर्मी याममा भारतदेखि बंगलादेशसम्मका पर्यटक तान्नका लागि स्थलमार्गकाे पनि विकास गरिनु पर्दछ ।’