शीर्षकहरू

बीमा प्राधिकरणको नेतृत्वको अस्थिरताबारे कर्मचारीद्वारा अर्थ मन्त्रालयको ध्यानाकर्षण

बीमा प्राधिकरणको नेतृत्वको अस्थिरताबारे कर्मचारीद्वारा अर्थ मन्त्रालयको ध्यानाकर्षण

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षको अस्थिरताबारे कर्मचारीहरूले अर्थ मन्त्रालयलाई ध्यानाकर्षण गराएका छन् । नेपाल बीमा प्राधिकरण कर्मचारी युनियन र नेपाल बीमा प्राधिकरण कर्मचारी संगठनले एक पत्र लेख्दै अर्थ मन्त्रालयलाई ध्यानाकर्षण गराएका हुन् । 

अर्थलाई पत्र लेख्दै कर्मचारीहरुले विगत एक वर्षदेखि अध्यक्षको नियुक्ति प्रकृयामा देखिएको अस्थिरता सम्बन्धमा ध्यानाकर्षण भएको जनाएका हुन् । यस अवस्थाले कर्मचारी तथा बीमा क्षेत्रका सबै सरोकारवालाहरुमा नैराश्यता उत्पन्न भएको उनीहरुको ठहर रहेको छ । एक बर्षको अवधिमा ४/५ पटक अध्यक्ष परिवर्तन भैरहेको सन्दर्भमा समग्र बीमा क्षेत्र तथा कर्मचारीहरुको मनोवल खस्किएको उनीहरुको भनाई छ । 

'एक बर्षको अवधिमा ४/५ पटक अध्यक्ष परिवर्तन भैरहेको सन्दर्भमा समग्र बीमा क्षेत्र तथा कर्मचारीहरुको मनोवल खस्किएको हुँदा यथाशक्य निकास दिई हालको परिस्थितिलाई सहजिकरण गर्ने बातावरण सृजना गरिदिनुहुन संस्थाका समग्र कर्मचारी, तथा ट्रेड यूनियन यहाँको ध्यानाकर्षण गराउन चाहन्छौं,’ मन्त्रालयलार्ई पठाएको पत्रमा उल्लेख छ । 

कर्मचारी युनियनका अध्यक्ष हेम हरि पोख्रेल र कर्मचारी संगठनका अध्यक्ष दिपक ज्ञवालीले मन्त्रालयलाई ध्यानाकर्षण पत्र संयुक्त रुपमा पठाएका हुन् ।