शीर्षकहरू

शक्तिमा परिवर्तन, बजारमा कम्पन : श्रीलंका, बंगालदेश र नेपालको आन्दोलन पछि शेयर बजारमा आएको हलचल

शक्तिमा परिवर्तन, बजारमा कम्पन : श्रीलंका, बंगालदेश र नेपालको आन्दोलन पछि शेयर बजारमा आएको हलचल

काठमाडौं । सरकार प्रतिको चरम असन्तुष्टि पछि युवाहरूको सक्रियतामा दक्षिण एसियाली मुलुक श्रीलंका, बंगालादेश र नेपालमा भएको आन्दोलनले राजनीतिक परिवर्तनसँगै केही नीतिगत समायोजन भयो । आन्दोलनले राजनीतिक घटनाक्रम मात्रै फेरिएन मुलुकको आर्थिक क्षेत्रमा पनि उथलपुथल ल्यायो । जसको असर तीनै वटा मुलुकको शेयर बजारमा पनि परेको छ । 

सन् २०२४ मा बंगलादेशमा भएको विद्यार्थी आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री शेख हसिना भागे पछि ढाका स्टक एक्सचेन्जको इण्डेक्स करिब एक हजार अंकले बढेको थियो । करिब दुई महिनाको आन्दोलनको अवधिमा इण्डेक्समा धेरै उतार चढाव आए पनि अन्तरिम सरकार गठन भै सकेपछि भने बजार निरन्तर उकालो लागेको थियो । यस्तै, सन् २०२२ मा श्रीलंकामा भएको आन्दोलन पछि भने कोलोम्बो स्कट एक्सचेन्ज इण्डेक्सले अल टाइम हाइको रेकर्ड बनाएको छ । 

नेपालमा गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शन पछि बन्द भएको शेयर बजार परिसूचक नेप्से पाँच दिन बन्द भयो । गत बिहीबार खुलेको २ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले घट्यो र पहिलो सर्किट ब्रेक लाग्यो । २० मिनेटपछि खुलेको बजार एक मिनेटमै कुल ५ प्रतिशत घट्यो र ४० मिनेटका लागि पुनः कारोबार स्थगित भयो । १२ : ०३ बजे खुलेको बजार २ मिनेटमै ६ प्रतिशत घट्न पुग्यो । अन्ततः सो दिनको कारोबार स्थगित भयो । पूरा ५ मिनेट पनि कारोबार हुन नसकेको बजार १६० अंक घटेर नेप्से परिसूचक २५११ विन्दुमा झ¥यो । सो दिन नेप्सेमा ७२ करोड ८७ लाख रुपैयाँको मात्रै कारोबार भयो । 

गत भदौ २३ गते पनि बजारमा ३५.९९ अंकले घटेको थियो । सोही दिन जेनजीले प्रदर्शन सुरु गरेका थिए । प्रदर्शन शान्तिपूर्ण गरिने भनिए पछि हिंसात्मक बन्न पुग्यो । त्यो दिन १९ जना प्रदर्शनकारीको मृत्यु भयो । त्यसको भोलिपल्ट भदौ २४ गते जेनजीको प्रदर्शन हिंसात्मक बन्यो । प्रधानमन्त्रीको घर, पार्टी कार्यालय देखि लिएर संसद भवन र सिंहदरबारमा आगजनी भयो । प्रदर्शनमा निजी घर, भवन, होटल, गोदाममा पनि आगजनी र तोडफोड भयो । प्रदर्शनले हिंसात्मक भएपछि नेप्सेले ५ दिन कारोबार बन्द ग¥यो ।

जेनजी प्रदर्शनले मुलुकको राजनीतिक र आर्थिक गतिविधिमा नै परिवर्तन भएको छ । यसले लगानीकर्तामा त्रास सृजना गरेको शेयर लगानी संघ नेपालका कार्यवाहक अध्यक्ष तारा फुल्लेलले बताए । अन्तरिम सरकार गठन भै सकेको छ । जेनजीले रोजेकै नेतृत्वमा सरकार बनेको छ । तर, घटना ताजै भएकोले लगानीकर्ता मानसिक बलियो तयार नभएको हुन सक्ने उनले बताए । यो अवस्थालाई सुधार गर्न शेयर धितो कर्जाको २५ करोड रुपैयाँको सीमा हटाउनु पर्ने, गैर आवासीय नेपालीलाई बजारमा उत्राउने बाटो खोल्नुपर्ने, क्यापिटल गेन ट्याक्स घटाउनु पर्ने उनले बताए । 

लगानीकर्ता रमेश भट्टराई सरकारले लगानीकर्तालाई ढाडस दिने खालको योजना अघि सारेर मात्रै बजार खुलाउनु पर्ने बताउँछन् । पाँच दिनमा लगानीकर्ता मनोबलमा सुधार नआएको उनले बताए । ‘जेनजी प्रदर्शनले सृजना गरेको घटनाक्रम त्रासदी पूर्ण थियो । त्रासदी पूर्ण मानसिकताबाट लगानीकर्ता निस्कन सकेकै छैनन् । त्यसैको प्रभाव बजारमा देखिएको हो,’ उनले भने ।

अहिलेको अवस्थालाई सुधार गर्न बैंक तथा वित्तीय संस्थामा बजारमा लगानी गर्ने सहज बाटो खोलिदिनु पर्ने उनले बताए । ‘बैंक तथा वित्तीय संस्थामा ठूलो रकम छ । त्यो रकमलाई बजारमा लगानी गर्ने बाटो खोलिदिनुपर्छ,’ उनले भने । यस्तै, २५ करोडको शेयर कर्जाको सीमालाई हटाउनु पर्ने, लघु वित्त संस्थाको बोनस वितरणमा लगाइएको क्याप पनि हटाउनु पर्ने उनले बताए । 

जेनजी प्रदर्शन पछि बजार उच्च अंकले घटेपछि अर्थमन्त्री रामेश्वर खनालले धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा कार्यदल गठन गरेका छन् ।पुँजी बजारमा विकसित, विसंगती तथा समस्या अध्ययन गरी तत्काल आम लगानीकर्ताको मनोबल वृद्धि गर्न चाल्नुपर्ने कदमबारे सुझाव दिन उक्त कार्यदल गठन गरिएको हो । कार्यदलले ५ दिनभित्र सुधारका लागि सुझाव र कार्ययोजना बुझाउनु पर्नेछ । कार्यदलमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का कामु कार्यकारी निर्देशक निरञ्जन फुयाँल सदस्य छन् भने अर्थ मन्त्रालयका उपसचिव शरद निरौलालाई सदस्य सचिव तोकिएको छ ।

हसिना भागेपछि करिब एक हजार अंकले बढेको ढाका इण्डेक्स 

नेपालमा गत भदौ २३ र २४ गते भष्ट्राचार विरुद्ध जेनजीले सुरु गरेको आन्दोलन जस्तै गत वर्ष २०२४ मा बंगालादेशमा विद्यार्थीहरूले आन्दोलन गरेको थिए । बंगलादेशमा लामो समय देखि कायम रहेको आरक्षण कोटालाई हटाइनुपर्ने माग राख्दै विश्वविद्यालयका विद्यार्थीहरूले आन्दोलन गरेका थिए ।

जुन २०२४ को सुरुवात देखि बंगालादेशमा आन्दोलन सुरु भएको थियो । आन्दोलन सुरु हुँदा ढाका स्टक एक्सचेन्जको इण्डेक्स ५२०० विन्दुमा थियो । विद्यार्थीहरूले कोटा हटाइनुपर्ने भन्दै नाराबाजी सहित राजधानी ¥यालीको आयोजना गरे । तर, बजार भने बढ्दै गएको थियो । आन्दोलन चलिरहँदा इण्डेक्स बढेर ५५०० विन्दुमा पुग्यो ।

विद्यार्थीको आन्दोलनलाई सरकारले सामान्य ठान्यो । त्यसपछि आन्दोलन हिंसात्मक बन्न थाल्यो । विद्यार्थी र प्रहरीहरू मारिन थाले । त्यसपछि बजार विस्तारै घटेर ५४५० विन्दुसम्म आइपुग्यो । 

सन् १९७१ मा पाकिस्तानबाट बंगलादेश अलग हुने लडाइमा सहभागी भएका योद्धाका सन्ततिलाई बंगालादेशमा आरक्षण छुट्टाइएको थियो । सन् १९७२ देखि नै युद्धमा सहभागी भएका योद्धाको छोराछोरी देखि पनाति पुस्तासम्मलाई ३० प्रतिशत कोटाको दिइएको थियो। 

यस्तै, बंगालादेशमा लामो समय देखि अवामी लिट पार्टीकी नेतृ शेख हसिनाले शासन गर्दै आएकी थिइन् । सन् २००९ मा बंगलादेश सरकारको नेतृत्व गरेकी शेख हसिना २०२४ को अगष्ट ५ सम्म निरन्तर शासन सत्तामा थिइन् । सत्तामा आफ्नो पकड बनाई राख्न उनले विपक्षी पार्टीका नेताहरूलाई भष्ट्राचारको आरोप लगाउने देखि लिएर धरपकड र सरकारी निगरानी पनि राख्ने गरेकी थिइन् । उनको विरुद्ध पनि बंगालादेशका विद्यार्थीले आन्दोलन सुरु गरेका थिए ।  

आन्दोलन चर्किदै गएपछि शेख हसिनाले संकटलकालको घोषण गरिन् । तर, आन्दोलन रोकिएन । इण्डेक्स घटेर ५२०० आसपासमा आइपुग्यो । आन्दोलन उत्कृर्षमा पुगेपछि ५ अगष्ट २०२४ मा उनी बंगालादेशबाट भागेर भारत पुगिन् । त्यसपछि इण्डेक्स बढ्न थाल्यो । ६ अगष्ट २०२४ राष्ट्रपतिले संसद विघट्न गरे । र ८ अगष्ट २०२२ मा बंगलादेशका चर्चित नोबल पुरस्कार विजेता अर्थशास्त्री डा.मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरियो । 

शेख हसिनाले मुलुक छोडेर भागेपछि अन्तरिम सरकार गठन हुँदाको अवधिमा इण्डेक्स बढेर ५९२४ मा पुग्यो । इण्डेक्स ६२०० विन्दुसम्म पुगेको थियो तर, क्लोज हुँदा ५९२४ आइपुग्यो । यो अवधिमा इण्डेक्स करिब एक हजार अंकले बढेको थियो । 

तर, अन्तरिम सरकार प्रति पनि विद्यार्थीको विश्वास रहेन । त्यसपछि फेरी हिंसात्मक आन्दोलन चर्कियो । अगष्ट ७ देखि १० सम्म भएको आन्दोलमा इण्डेक्स घटेर ४७०० विन्दुमा आइपुग्यो । केही समय साइडवेजमा चलेको इण्डेक्स फेरी घटेर ४६०० विन्दुसम्म आइपुग्यो । 

त्यसपछि अन्तरिम सरकारले निर्वाचन घोषणा ग¥यो । सरकारका कामलाई सुधार गर्दे लैजाने भने पछि बजार पनि बढ्न थाल्यो । अहिले बजार बढेर ५५०० नजिक पुगेको छ । 

ढाका इण्डेक्स २०२१ मा ७४०० को विन्दुमा थियो । तर, राजनीतिक उतार चढावका कारण घट्न थालेको थियो । लोयर हाई लोयर लो बनाउँदै इण्डेक्स ५९०० सम्म पुगेको थियो । जुलाई २०२२ सम्ममा बजार डाउन टे«ण्ड थियो । त्यसपछि लामो अवधि साइडवेजमा रहेको इण्डेक्स जनवरी २०२४ देखि बढ्न थालेको थियो । तर, २४ फेब्रुअरी २०२४ देखि बजारमा गिरावट आउन थाल्यो । आन्दोलन सुरु भएपछि इण्डेक्समा सार्फ फल आयो । आन्दोलन चर्किएको बेला इण्डेक्स घटेपनि शेख हसिनाले देश छाडेपछि उच्च अंकले इण्डेक्स बढेको हो । 

आन्दोलन पछि अल टाइम हाई बनाएको कोलम्बो इण्डेक्स 

श्रीलंकामा सन् २०२२ मा ठूलो आन्दोलन भएको थियो  । १५ मार्च देखि श्रीलंकामा आन्दोलन सुरु भयो । त्यतिबेला श्रीलंका कोलम्बो स्टक एक्सचेन्जको इन्डेक्स १०६५० विन्दुमा थियो । ३१ मार्च राष्ट्रपति निवास अघि हजारौं प्रदर्शन गरे । त्यसपछि इण्डेक्स घटेर ८५०० विन्दुमा झ¥यो । ३ अप्रिलमा राष्ट्रपति गोटाबाया राजापाक्षेले संकटकालको घोषणा गरे । त्यसपछि बजार घटेर ८१०० विन्दुमा पुग्यो । 

श्रीलंकामा राजपाक्षेप परिवारको जहानियाँ शासन थियो । श्रीलंका राष्ट्रपति, प्रधानमन्त्री देखि लिएर सबै उच्च पदमा राजपाक्षेकै परिवार थिए । लामो समय देखि जहानियाँ शासन चलाउँदै आएको राजापाक्षे सरकारबाट श्रीलंकाली आजित भएर आन्दोलन गरेका थिए ।

सरकारले लिएका केही अपरिपक्क नीतिका कारण श्रीलंकाले ठूलो ऋण बेहोर्नु परेको थियो । ऋण बढेपछि श्रीलंकाली सरकारले अनावश्यक रुपमा चाहिने भन्दा बढी पैसा छापेर बाड्यो । फलस्वरुप मुद्रा स्फिर्ती बढ्यो । त्यसलाई नियन्त्रण गर्न केन्द्रीय बैंकले ब्याजदर बढायो । कर्जाको ब्याजदर बढेर २६ प्रतिशतसम्म पुग्यो । विदेशी मुद्राको सञ्चिती नगण्यमा पुग्यो । यस्तो अवस्थाले झनै आन्दोलन चर्कियो । आन्दोलन चर्किदा २५ अप्रिलमा इण्डेक्स घटेर ६७५० सम्म आइपुग्यो ।  

आन्दोलन चर्किए पछि ९ मे २०२२ मा प्रधानमन्त्री महेन्द्र राजापाक्षेले राजीनामा दिए । प्रधानमन्त्रीको राजीनामा पछि इण्डेक्स बढेर ८१०० विन्दुमा पुग्यो । १२ मे २०२२ मा रनिल विक्रम सिंघेलाई प्रधानमन्त्री बनाइयो । त्यसपछि पनि इण्डेक्स बढ्यो । इण्डेक्स ८३०० विन्दुमा पुग्यो । 

तर, आन्दोलन त्यतिमा नै रोकिएन । राष्ट्रपति भवन र प्रधानमन्त्री भवन कब्जा गरियो । त्यतिबेला इण्डेक्स घटेर ७५०० विन्दुमा पुग्यो । १४ जुलाई राष्ट्रपति भागेर माल्दिभ्स पुगे । त्यसपछि भने इण्डेक्स बढेर ७६०० मा पुग्यो । 

मार्च २०२२ आन्दोलन सुरु भयो । त्यसपछि बजार निरन्तर घट्यो । राजनीतिक कोर्स परिवर्तन हुने अवस्था देखिदा बजारको गति निरन्तर रुपमा अपटे«ण्डमा छ । अहिले इण्डेक्स २१०० का वरिपरि छ ।