शीर्षकहरू

टीभीएसका नयाँ दुई मोटलहरु सार्वजनिक हुँदै

टीभीएसका नयाँ दुई मोटलहरु सार्वजनिक हुँदै

काठमाडौं । शंकर समूहअन्तर्गतको जगदम्बा मोटर्सले टीभीएसका दुई नयाँ मोडलको लञ्चको घोषणा गरेको छ। नेपालका लागि 
नेपालका लागि टीभीएसको आधिकारीक आयातकर्ता कम्पनी जगदम्बा मोटर्सले असोज ५ गते टीभीएस अपाचे आरटीआर १६० टुभी एफआई बीएस सिक्स र टीभीएस राइडर आईगीओ पहिलो पटक सार्वजनिक गर्न लागेको हो । यी दुवै मोटरसाइकलले शक्ति, शैली र सुविधामा नयाँ स्तर ल्याउनेछन्।

ऋपाचे रेसिङ डीएनएबाट प्रेरित यो नयाँ संस्करणमा बीएस सिक्स फ्यूल इन्जेक्सन प्रविधि प्रयोग भएको छ, जसले दमदार पावर, उत्कृष्ट माइलेज र प्रिमियम युरोपेली लुक प्रदान गर्छ।

जसमा १५९.७ सीसी एफआई ईन्जीन ५० किलोमिटरसम्मको माइलेज, एरोडाइनामिक र आक्रामक युरोपेली डिजाइन,आफ्नो सेग्मेन्टमा पहिलो पटक जीवनभरको वारेन्टी र रेस-ट्युन सस्पेन्सन, एबीएस, डिजिटल कन्सोल, राइड मोड्स यसका मूख्य विशेषता हुन् । 

टीभीएस राइडर आईजीओ नयाँ पुस्ताका राइडरहरूलाई लक्षित गर्दै ल्याइएको बाइक हो । जुन स्टाइल र परफर्मेन्स दुवै चाहनेका लागि आदर्श विकल्प हो।

सो बाइक १२५ सीसी इन्जीनमा उपलब्ध हुनेछ । जसमा एलईडी हेडलाइट, आधुनिक ट्यांक डिजाइन र पूर्ण डिजिटल क्लस्टर, सीट मुनि स्टोरेज, एडभान्स्ड राइड मोड्स र कनेक्टिभिटी फिचर रहेको छ । 

जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले आरटीआरले दमदार रेसिङ प्रदर्शन दिनेछ भने राइडरले स्टाइल, माइलेज र दैनिक रोमाञ्च खोज्ने युवाहरूलाई लक्षित गर्नेछ।