शीर्षकहरू

एउटै सहकारीको एकैचोटी ३ ठाउँमा साधारणसभा, सिद्धि गणेशको नाफा ४ करोड ६४ लाख ३२ हजार

एउटै सहकारीको एकैचोटी ३ ठाउँमा साधारणसभा, सिद्धि गणेशको नाफा ४ करोड ६४ लाख ३२ हजार

भक्तपुर । नेपालकै अधिक सदस्य रहेको संस्थाको रुपमा रहेको सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाले पहिलो पटक संस्थाबाहेकका अन्य व्यक्तिलाई अतिथि नबनाइकन साधारणसभा गरेको छ । १७ हजार ८ सय सदस्य रहेको भक्तपुरको सिद्धि गणेशले अजिमा पार्टी महल, स्टार बैंक्वेट र महेश्वरी बैंक्वेटमा गरी ३ ठाउँमा एकै दिन एकै समयमा शनिवार क्षेत्रगत रुपमा साधारणसभा गरेको हो ।

संस्थाको ३१ औं साधारणसभाले कोषाध्यक्ष जयराम गोर्खालीद्वारा प्रस्तुत आ।व। २०८१र०८२ को श्रोत तथा उपयोग तर्फ तीन अर्ब छबिस करोड एकतीस लाख त्रिचालीस हजार एक सय नौ रुपैंयाँ र आय तथा व्यय तर्फ पच्चिस करोड चालिस लाख सन्तानब्बे हजार आठ सय पच्पन्न रुपैयाँको यथार्थ आर्थिक प्रगति प्रतिवेदन पारित गरेको थियो ।

आ।व।२०८२र०८३ को स्रोत तथा उपयोग तर्फ तीन अर्व छतीस करोड रुपैया र आय तथा व्यय तर्फ एक्काईस करोड अठहत्तर लाख बाह्र हजार रुपैयाँको अनुमानित बजेट तथा कार्यक्रमहरु पारित गरेको थियो । सभाले संचालक समितिको तर्फवाट सचिव विष्णु प्रसाद दुमरुद्वारा प्रस्तुत आ।व। २०८१र०८२ को प्रगति प्रतिवेदन तथा आ।व। २०८२र०८३ को प्रस्तावित कार्यक्रमहरु पनि सर्वसम्मतले पारित गरेको छ ।

सभाले लेखा सुपरिवेक्षण समितिको तर्फवाट संयोजक राम प्रसाद लाखाजुद्वारा प्रस्तुत आ।व। २०८१र०८२ को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन पारित गर्ने निर्णय गरेको थियो । संस्थाको संचालक समितिको निर्णय अनुसार आ।ब २०८१र८२ को शेयर पूँजीमा ६५ करकट्टि सहितको दरले लाभांश वितरण गर्ने प्रस्ताब पारित गर्ने निर्णय पनि गरेको छ ।  

यसैंगरी संस्थाका संचालक समितिको निर्णय अनुसार आ।ब २०८१र८२ को संरक्षित पुँजी फिर्ता कोषमा रहेको रकम मध्ये रु ५० लाख रकम नियमानुसार वितरण गर्ने प्रस्ताब पारित गर्ने निर्णय पनि साधारणसभाले गरेको छ ।