शीर्षकहरू

विपदमा पनि नघटेको नेपालको शेयर बजार, कोभिडमा बनाएको थियो अल टाइम हाई रेकर्ड

विपदमा  पनि नघटेको नेपालको शेयर बजार, कोभिडमा बनाएको थियो अल टाइम हाई रेकर्ड

काठमाडौं । जेनजी प्रदर्शन पछि नेपालमा सृजना भएको घटनाक्रमले नेपालको शेयर बजार प्यानिक देखिएको छ । प्रदर्शन पछि पाँच दिन बन्द भएर गत बिहीबार खुलेको बजार १६० अंकले झरेर बन्द भयो । 

बिहीबार बजार खुलेको २ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले घट्यो र पहिलो सर्किट ब्रेक लाग्यो । २० मिनेटपछि खुलेको बजार एक मिनेटमै कुल ५ प्रतिशत घट्यो र ४० मिनेटका लागि पुनः कारोबार स्थगित भयो । १२ ः ०३ बजे खुलेको बजार २ मिनेटमै ६ प्रतिशत घट्न पुग्यो । अन्ततः सो दिनको कारोबार स्थगित भयो । पूरा ५ मिनेट पनि कारोबार हुन नसकेको बजार १६० अंक घटेर नेप्से परिसूचक २५११ विन्दुमा झ¥यो । सो दिन नेप्सेमा ७२ करोड ८७ लाख रुपैयाँको मात्रै कारोबार भयो । 

शेयर बजारलाई मुलुकको राजनीतिक र आर्थिक गतिविधिले प्रभावित बनाउँछ । त्यसैको परिणाम गत बिहीबारको बजारमा देखिएको शेयर लगानीकर्ता रमेश भट्टराई बताउँछन् । ‘प्रदर्शन पछिको अस्थिर राजनीतिक घटनाक्रम र आर्थिक ध्वंसले लगानीकर्ताको मनोबल पनि गिरेको हो,’ उनले भने । 

तर, यही अवस्था लामो समय नरहने उनको दाबी छ । प्रदर्शन पनि मुलुकले नयाँ गति लिएको छ । राजनीतिक कोर्स परिवर्तन भएको छ । निर्वाचनको मिति पनि तोकिएको छ । आगामी दिन बजारमा आर्थिक गतिविधि बढ्छ । त्यसैले बजार बढ्नु पर्ने उनको दाबी छ । ‘अन्तरिम सरकार बनी सकेको छ । आशा लाग्दा मन्त्रीहरू देखिएका छन् । काम पनि देखिएको छ । त्यसैले अब प्यानिक हुनुपर्ने अवस्था छैन,’ उनले भने ।

शेयर लगानी संघ नेपालका कार्यवाहक अध्यक्ष तारा फुल्लेलले पनि केही दिनमा बजारले सकारात्मक गति लिने दाबी गर्छन् । अन्तरिम सरकार बनेर निर्वाचनको मिति पनि तय भै सकेकोले बजार बढ्ने उनको दाबी छ । ‘यस अघिका विपद्को समयमा पनि बजार बढेको थियो । भुकम्पको बेला होस वा कोभिडको बेला होस, बजारले गति लिएको थियो । त्यसैले आगामी दिनमा पनि बजार बढ्छ,’ उनले भने । 

कोभिडमा नेप्सेले बनाएको थियो अल टाइम हाईको रेकर्ड

विश्वभरी फैलिएको कोभिड महामारीको समयमा नेपालको शेयर बजार परिसूचक नेप्से बुलिश टे«ण्डमा थियो । नेपालीमा पनि कोभिड संक्रमण हुन थालेपछि सरकारले ११ चैत २०७६ मा लक डाउन सुरु गरेको थियो ।

महामारीका कारणले सरकारले बैशाखसम्म बजारमा बन्द ग¥र्यो । ३० बैशाख २०७८ देखि बजार खुलेको थियो । बजारको खुलेको केही दिन प्यानिक सेल भएपनि पछि भने नेप्सेले अल टाइम हाईको रेकर्ड बनाएको थियो । 

पहिलो पटक लकडाउन सुरु हुँदा नेप्से इण्डेक्स ९ चैतमा १२५१ं.४४ विन्दुमा थियो । त्यसपछि बजार बन्द गरियो । ३० बैशाख २०७७ देखि बजार खुल्यो । सो दिन बजार घटेर १२२६ मा आइपुग्यो । दोस्रो दिन पनि बजार झरेर १२०१ विन्दुमा समेटियो । तेस्रो दिन पनि घटेर ११८८ सम्म आईपुग्यो । त्यसपछि भने बजार बढ्न थाल्यो । १६ मंसिर २०७७ मा नेप्सेले पहिलो पटक २००० विन्दुलाई छोयो । त्यतिबेला लकडाउन कायम नै थियो ।  

कोभिडको कारण मानिसहरु घरमा नै थुनिएका थिए । सबैले कार्यालयका कामहरु अनलाइनबाट नै गरि रहेका थिए । विद्यार्थीहरुले पनि अनलाइन नै पढाईरहेका थिए । कोभिड संक्रमण हुनेको संख्या बढ्दै थियो । तर, नेप्से इण्डेक्स भने बढ्दै थियो । पहिलो लक डाउनकै अवधिमा इण्डेक्स बढ्यो । २०७७ को मंसिर पछि कोभिड संक्रमणको संख्या घट्न थाल्यो । त्यसपछि सरकारले लकडाउनलाई पनि खुकुलो बनाउन थाल्यो । २०७७ फागुन १५ देखि केही सामान्य हुन थाल्यो । मानिसहरु भौतिक रुपमा नै उपस्थित भएर काम गर्न थाले । सोही अवधिमा ८ चैत २०७७ मा नेप्सेले पहिलो पटक २५०० विन्दुलाई काटेर २५३८ विन्दुमा पुग्यो । तर, फेरी कोभिड संक्रमणको जोखिम बढद्ै गयो । सरकारले १५ बैशाख २०७८ गते देखि फेरी दोस्रो लकडाउन सुरु ग¥यो । तर, नेप्सेमा त्यसको असर परेन । ७ साउन २०७८ मा नेप्सेले ३००० को विन्दुलाई छोएर माथि उक्लियो । २ भदौ २०७८ मा ३१९९ को अल टाइम हाईको रेकर्ड बनायो । 

भुकम्पमा पनि नघटेको बजार

नेपालमा २०७२ आएको भुकम्प पछि पनि शेयर बजार परिसूचक नेप्से भने निरन्तर बढेको थियो । भुकम्प अघि १० वैशाख २०७२ गते नेप्से इण्डेक्स ९३८.१९ विन्दुमा थियो । १२ वैशाख २०७२ महाभुकम्प आयो । भुकम्प पछि करिब एक महिना बजार बन्द भयो । १० जेठ २०७२ देखि बजार खुल्यो । १३ जेठ २०७२ मा बजार घटेर ८३७.८३ विन्दुमा आयो ।  त्यसपछि भने बजार सम्हालियो । 

७ साउन २०७२ मा पहिलो पटक १००० विन्दु नाघ्यो । ३१ साउनमा २०७२ मा ११०० विन्दु नाघेर नेप्से परिसूचक १११२ विन्दुमा पुग्यो । ३ भदौ २०७२ मा १२०० विन्दु नाघ्यो । त्यसपछि भने बजार केही दिन घट्यो र लामो समयसम्म साइडवेजमा र¥यो । तर, २० मंसिर २०७२ देखि फेरी बढ्न थाल्यो । २० फागुनमा २०७२ मा नेप्सेले पहिलो पटक १३०० विन्दु पार ग¥यो । भुकम्पको समयमा पनि बजार भने घटेन । 

लगानीकर्ताको मनोबल उच्च राख्न सरकारले गर्न थाल्यो सुधार 

जेनजी प्रदर्शन पछि बजार उच्च अंकले घटेपछि अर्थमन्त्री रामेश्वर खनालले धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा कार्यदल गठन गरेका छन् । पुँजीबजारमा विकसित, विसंगति तथा समस्या अध्ययन गरी तत्काल आम लगानीकर्ताको मनोबल वृद्धि गर्न चाल्नुपर्ने कदमबारे सुझाव दिन उक्त कार्यदल गठन गरिएको हो । कार्यदलले ५ दिनभित्र सुधारका लागि सुझाव र कार्ययोजना बुझाउनु पर्नेछ । कार्यदलमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी र नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का कामु कार्यकारी निर्देशक निरञ्जन फुयाँल सदस्य छन् भने अर्थ मन्त्रालयका उपसचिव शरद निरौलालाई सदस्य सचिव तोकिएको छ ।

यस्तै, नेपाल धितोपत्र बोर्डले नेप्सेले अन्तिम १५  मिनेटको भारित औसत गणना विधि हटाएको छ । आइतबार परिक्षण गरी मंगलबार देखि लागू हेन गरी बोर्डले सो व्यवस्था हटाएको हो । लगानीकर्ताहरुको माग बमोजिम लागू गरिएको यो व्यवस्था लगानीकर्ताहरुको दबाबमै हटाइएको हो । खराब वित्तीय अवस्था भएका कम्पनीको मूल्य अन्तिम समयमा कृत्रिम रुपमा बढ्ने प्रवृत्ति नियन्त्रण गर्न गत चैत ७ गतेदेखि उक्त विधि लागू गरिएको थियो । नियम अनुसार २ बजेर ४५ मिनेटदेखि ३ बजेसम्मको कारोबारको भारित औसत मूल्यलाई क्लोजिङ प्राइस अर्थात् भोलिपल्टको कारोबारको लागि ओपनिङ प्राइस मानिन्थ्यो । तर, पछिल्लो समयमा बजार प्यानिक बन्दै गएपछि लगानीकर्ताहरुले यो विधि हटाउने माग गर्दै आएका थिए । 

लगानीकर्ताले शेयर धितो कर्जामा लगाइएको २५ करोड सीमा पनि हटाउनु पर्ने माग गरेका छन् । यस्तै, बैंक तथा वित्तीय संस्थालाई बजार लगानी गर्न सहज गरी दिनुपर्ने पनि माग गरेका छन् ।