शीर्षकहरू

घटस्थापनाको दिन आरटीजीएस प्रणाली सुचारु रहने : राष्ट्र बैंक

घटस्थापनाको दिन आरटीजीएस प्रणाली सुचारु रहने : राष्ट्र बैंक

काठमाडौं । सोमबार घटस्थापनाका दिन आरटीजीएस प्रणाली सुचारु रहने नेपाल राष्ट्र बैंकले जनाएको छ । बैंकले आइतबार एक सूचना जारी गर्दै भोलि सार्वजनिक विदा भएपनि विहान १० बजे देखि दिउँसो ४ बजेसम्म आरटीजीएस भुक्तानी प्रणाली सञ्चालनमा रहेन जानकारी दिएको हो । 

आरटीजीएस भनेको रियल टाइम सेटलमेन्ट हो ।आरटीजीएसबाट ठूला रकम भुक्तानीको लागि प्रयोग गरिन्छ । त्यसैले यसको कारोबार रकम पनि ठूलो देखिएको हो । यसको भुक्तानी कारोबार संख्या भने कम देखिएको छ । केन्द्रीय बैंकको तथ्यांक अनुसार गत आवमा आरटीजीएसबाट आठ लाख ४२ हजार १२२ पटक कारोबार भएको छ । यो संख्या गत आवको सोही अवधिको तुलनामा भने चार प्रतिशतले मात्रै धेरै हो । अघिल्लो आवको सोही अवधिमा आठ लाख नौ हजार ७६९ पटक कारोबार भएको छ ।