काठमाडौं । नेपाल टेलिकमले दसैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरुको अवसरमा आफ्ना ग्राहकहरुका लागि दसैं-तिहार-छठ अफर २०८२ सार्वजनिक गरेको छ। सो अफर अन्तर्गत एफटीटीएच प्याकेज जडानमा छुट सहित मोबाइल सेवामा सहुलियत दरका भ्वाइस तथा डाटा प्याकेज रहेका छन् । उक्त अफर २०८२ असोज ०६ गतेदेखि प्रारम्भ हुने टेलिकमले जनाएको छ । ।
टीटीएच प्याकेज जडान गर्ने ग्राहकहरुलाई जडान शूल्क रु ५००० मिनाहा गरिएको टेलिकमले जनाएको छ । यसै गरी दसैं-तिहार-छठ अफर अन्तर्गत नै जीएसएम सेवाका ग्राहकहरुका लागि रु ४९९ मा ५ जीबी फेस्टिवल अनलिमिटेड र रु ६९९ मा १० जीबी फेस्टिवल अनलिमिटेड प्रिमियम डाटा प्याकेज उपलब्ध छ ।
फेस्टिवल अनलिमिटेड प्याकेज खरिद गर्ने ग्राहकले प्रतिदिन Fair Usage Policy (FUP) मा तोकिएको ५ जीबी डाटा भोल्यूम खपत भैसकेपछि बाँकी समयावधि २ एमबीपीएस गतिमा र फेस्टिवल अनलिमिटेड प्रिमियम प्याकेज खरिद गर्ने ग्राहकले प्रतिदिन Fair Usage Policy मा तोकिएको १० जीबी डाटा भोल्यूम खपत भैसकेपछि बाँकी समयावधि ३ एमबीपीएस गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिने छ ।
साथै रु २५० मा १००० मिनेट अल नेट भ्वाइस सुविधा सहितको जोयफूल मिनेटस् र रु ९९ मा १००० अन-नेट एसएमएस सुविधाको फेस्टिभ म्यासेज प्याकेज समेत पाइने छ । यी सबै प्याकेजहरुमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनको समयावधि तोकिएको छ ।
जीएसएम सेवाका प्याकेजहरु असोज ६ गतेदेखि असोज २० गतेसम्म र कार्तिक १ गतेदेखि कार्तिक १० गतेसम्म खरिद गर्ने ग्राहकहरुका लागि लागु हुने टेलिकमले जनाएको छ ।
आर्थिकन्यूज