शीर्षकहरू

दुई महिनामा बैंकहरुले लिएर ६७ खर्ब ८५ अर्ब निक्षेप सुविधा

दुई महिनामा बैंकहरुले लिएर ६७ खर्ब ८५ अर्ब निक्षेप सुविधा

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनाको अवधिमा बैंकहरुले ६७ खर्ब ८५ अर्ब ६० करोड रुपैयाँ बराबरको निक्षेप सुविधा लिएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार सो अवधिमा बैंकहरुले निक्षेप संकलन र स्थायी निक्षेप सुविधा (एसडिएफ) उपकरण मार्फत निक्षेप सुविधा लिएका हुन् । बैंकहरुले ३९ पटकमा सो सुविधा लिएका हुन्। 

राष्ट्र बैंकको तथ्यांक अनुसार विगत दुई महिनाको अवधिमा ६९ खर्ब ४६ अर्ब २५ करोड रुपैयाँ निक्षेपको लागि प्रस्ताव गरेको थियो । तर, बैंकहरुबाट ६७ खर्ब ८५ अर्ब ६० करोड रुपैयाँको मात्रै निक्षेप सुविधा लिएका हुन् । तर, दुई महिनाको अवधिमा बैंकहरुले विभिन्न मितिमा ६१ खर्ब १३ अर्ब ९० करोड रुपैयाँ निक्षेप झिकी सकेका छन् । अब राष्ट्र बैंकको दायित्व भने ६ खर्ब ७१ अर्ब ७० करोड रुपैयाँ मात्रै रहेको तथ्यांकमा उल्लेख छ । 

बैंकहरुले निक्षेप संकलन उपकरण मार्फत चार खर्ब ७४ अर्ब ३५ करोड रुपैयाँ निक्षेप सुविधा लिएका थिए । जबकी राष्ट्र बैंकले ६ खर्ब ३५ अर्ब रुपैयाँको प्रस्ताव गरेको थियो । राष्ट्र बैंकले गरेका प्रस्ताव भन्दा कम बैंकहरुले निक्षेप सुविधा लिएका छन् । केन्द्रीय बैंकले १४ पटकमा निक्षेप संकलन गरेको हो । सो रकममध्ये बैंकहरुले दुई खर्ब ७ अर्ब ६० करोड रुपैयाँ निक्षेप फिर्ता लगि सकेका छन् । बाँकी दुई खर्ब ६६ अर्ब ६० करोड राष्ट्र बैंकसँग दायित्व छ । 

स्थायी निक्षेप सुविधा उपकरण मार्फत बैंकहरुले ६७ खर्ब ८५ अर्ब ६० करोड निक्षेप सुविधा लिएका थिए । राष्ट्र बैंकले प्रस्ताव गरे अनुसार बैंकहरुले निक्षेप सुविधा लिएका हुन् । बैंकले २५ पटकमा निक्षेप संकलन गरेको थियो । तर, बैंकहरुले ५९ खर्ब ६ अर्ब ३० करोड रुपैयाँ फिर्ता लगि सकेका छन् । बैंकको दायित्व भने चार खर्ब चार अर्ब ९५ करोड रुपैयाँ बाँकी छ । 

राष्ट्र बैंकले बैंकहरुमा भएको तरलता निरन्तर रुपमा निगरानी गरेको हुन्छ । बैंकहरुले प्रत्येक दिन राष्ट्र बैंकमा बुझाउँने तथ्यांकको आधारमा केन्द्रीय बैंकले बैंकहरुको निगरानी गरेको हुन्छ । बैंकमा अधिक तरलता भएमा वा तरलता कम भएमा केन्द्रीय बैंकले विभिन्न उपकरण मार्फत बैकिङ प्रणालीबाट तरलता प्रशोचन गर्ने वा तरलता प्रवाह गर्ने काम गर्छ ।

केन्द्रीय बैंकले बैकिङ प्रणालीमा अधिक तरलता भएपछि विभिन्न उपकरण मार्फत निक्षेप प्रशोचन गर्छ  । जसमध्ये निक्षेप संकलन र अस्थायी निक्षेप संकलन प्रचलित उपकरण हुन् । पछिल्लो समय भने बैंकहरुमा अधिक तरलता हुन थालेपछि केन्द्रीय बैकले प्रत्येक दिन जसो निक्षेप संकलन र स्थायी निक्षेप संकलन उपकरण मार्फत तरलता प्रशोचन गर्ने सूचना अधिकारी सुमना न्यौपानेले बताए । 

राष्ट्र बैंकले निक्षेप संकलन दुई तरिकाले गर्न सक्छ । बैंकहरुले स्वइच्छिक रुपमा पनि निक्षेप संकलन गर्न सक्छन् वा राष्ट्र बैंकले निक्षेप तोकेर पनि जम्मा गर्नका लागि आवहन गर्न सक्छ । यसरी निक्षेप प्रशोचन गर्दा राष्ट्र बैंकले निश्चित ब्याजदर तोक्न पनि सक्छ बोलकबोलबाट पनि ब्याजदर तोक्न सक्ने व्यवस्था रहेको राष्ट्र बैंकका सूचना अधिकारी न्यौपानेले बताए । 

यस्तै, स्थायी निक्षेप संकलन उपकरण भने राष्ट्र बैंकले बैंकहरुलाई निक्षेप सुविधा दिन ल्याएको नयाँ उपकरण हो । राष्ट्र बैंकले १ फागुन २०८० देखि यो उपकरण कार्यान्वयनमा ल्याएको हो । यो उपकरण मार्फत बैंकहरुले निक्षेप प्रस्ताव गर्दा राष्ट्र बैंकले स्वीकार गर्नुपर्ने प्रावधान छ । यसमा राष्ट्र बैंकले ब्याजदर करिडोरको तल्लो सीमा २.७५ प्रतिशत ब्याज दिनुपर्नेछ । बैंकहरुले प्रत्येक साताको आइतबार, मंगलबार र बिहीबार यस्तो सुविधा पाउँछन् । 

निक्षेप संकलन लामो अवधिको लागि हुन्छ भने स्थायी निक्षेप सुविधा छोटो अवधिको लागि हुने सूचना अधिकारी न्यौपालनेले बताए । ‘निक्षेप संकलन बढीमा ६ महिनासम्मको लागि हुन्छ भने स्थायी निक्षेप सुविधा केही दिनका लागि मात्रै हुन्छ,’ उनले भने । 

निक्षेप संकलन उपकरण सम्बन्धी कार्यविधिमा अनुसार  वित्तीय बजारमा असाधारण प्रकृतिको अधिक तरलताको स्थिति देखिएमा सोको व्यवस्थापन गरी बजार ब्याजदरलाई व्यवस्थित गर्न राष्ट्र बैंकले आवश्यकताअनुसार कुनै पनि दिन बढीमा छ महिनासम्मका लागि आकस्मिक खुला बजार कारोबारअन्तर्गत निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्नेछ । 

‘निक्षेप संकलन गरिने कुल रकम समितिले निर्धारण गरे बमोजिम हुनेछ । निक्षेप संकलनको बोलकबोल बहु ब्याजदर प्रणालीमा गरिनेछ । निक्षेप संकलन उपकरण प्रयोग गर्दा काउण्टरपार्टीहरूका कुल स्वदेशी निक्षेप दायित्वको बढीमा दुई प्रतिशतको सीमाभित्र रही गर्नुपर्नेछ,’ कार्यविधिमा उल्लेख छ । 

कार्यविधि अनुसार निक्षेप संकलन उपकरण उपयोग गर्न बोलकबोलमा भाग लिनुपर्नेछ । निक्षेप संकलन बोलकबोलमा मौद्रिक नीतिमा व्यवस्था भए बमोजिमका काउण्टर पार्टीहरूले मात्र सहभागी हुन पाउने छन् । निक्षेप संकलन बोलकबोलमा सहभागी हुने काउण्टरपार्टीहरूले बैंकले तोके बमोजिमको बोलकबोल पत्र तोकिएको समयसीमाभित्र पेश गर्नुपर्नेछ । निक्षेप संकलन उपकरणको न्यूनतम बोल मूल्य पाँच करोड र सो रकमले भाग गर्दा निःशेष भाग जाने अंकमा अधिकतम आव्हान गरिएको रकमसम्म बोल गर्न सकिनेछ । काउण्टरपार्टीहरूले बोल फाराममा आपूmले निक्षेप वापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नु पर्नेछ । निक्षेप संकलन उपकरण संचालन गर्दा धितोको रूपमा सुरक्षण पत्रको उपयोग गरिने छैन । 

निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोल बमोजिमको ब्याजदर अनुसार सबभन्दा कम बोल गर्ने काउण्टरपार्टीलाई प्राथमिकता क्रममा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिन्छ । समान ब्याजदर उल्लेख भएका बोलपत्रहरूको रकम समावेश गर्दा कुल निष्काशित रकमभन्दा बढी भएमा प्रो राटाको आधारमा बाँडफाँड गरिनेछ । समितिले कट अफ रेट निर्धारण गर्न सक्नेछ र सोभन्दा बढी ब्याजदरको निक्षेप स्वीकार गर्ने वा नगर्ने अधिकार बैंकसँग सुरक्षित रहनेछ । 

कार्यविधि अनुसार स्वीकृत भएका बोलपत्र वापतको रकम बैंकले सम्बन्धित काउण्टरपार्टीको राष्ट्र बैंकमा रहेको खाता खर्च गरी लिनेछ र बैंकमा संकलित निक्षेपको अलग्गै खाता खोली जम्मा गर्नेछ । बोलपत्र स्वीकृत भएका काउण्टरपार्टीको खातामा सो उपकरण निष्काशन गरिने दिनमा मौज्दात पर्याप्त नभएमा त्यस्ता काउण्टरपार्टीलाई कालोसूचीमा राखी पछिल्ला बोलकबोलमा सहभागी हुन बन्देज लगाइनेछ । संकलित निक्षेपको भुक्तानी अवधि समाप्त भए पछि बैंकले निर्धारित ब्याजसहित निक्षेप रकम सम्बन्धित बैंकको खातामा जम्मा गरी दिनेछ । निक्षेप संकलन गरिएको रकम सम्बन्धित काउण्टरपार्टीको लगानी पोर्टफोलियो हुने भएकोले सो रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न पाइने छैन । 

निक्षेप संकलन लागि नेपाल राष्ट्र बैंकले प्रस्ताव गरेको विवरण
null

स्थायी निक्षेप सुविधा लागि नेपाल राष्ट्र बैंकले प्रस्ताव गरेको विवरण
null