काठमाडौं । नागढुङगा नौविसे सुरुङमार्गनको निर्माण करिब करिब सकिएको छ । २०७६ साल कार्तिकदेखि निर्माण सुरु भएको सो सुरुङमार्गको ९२ प्रतिशत काम सम्पन्न भएको छ । अब फिनिसिङ गर्न मात्र बाँकी रहेको आयोजनाका परामर्शदाता ईन्जीनियर रमेश कोइरलाले बताए ।
करिब २.७ किलोमिरट लम्बाई रहेको सो सुरुङमार्गमा अर्काे एउटा ईमर्जेन्सी मार्ग पनि निर्माण गरिएको छ । ईमर्जेन्सी मार्गको लम्बाई २.५ किलोमिटर रहेको छ । सो सुरुङमा केही आपतकालिन अवस्था आएमा उक्त ईमर्जेन्सी मार्ग प्रयोग गर्न सकिन्छ । २२ अर्ब रुपैयाँमा लागत रहेको सो योजना जापान सरकारको आर्थिक सहयोग निर्माण गरिएको हो । सो मार्ग प्रयोगमा आएपछि काठमाडौं उपत्यकामा भित्रिने मुख्य नाका नागढुंगामा हुने भीड–जाम घटाउने अपेक्षा गरिएको छ ।








सो सुरुङमार्गमा सवारी साधन आवत जावत गर्दा शुल्क तिर्नुपर्ने हुन्छ । कार र भ्यानको हकमा काठमाडौँ आउँदा ६५ रुपैयाँ र काठमाडौँबाट जाँदा ६० रुपैयाँ शुल्क भुक्तान गर्नुपर्दछ । यसैगरी, बस, ट्रक काठमाडौँ आउँदा २६० र जाँदा २०० रुपैयाँ, भारी उपकरणका साधनको हकमा आउँदा ६०० र जाँदा २५० रुपैयाँ शुल्क तोकिएको छ ।
त्यसैगरी, मिनी बस, ट्रकले काठमाडौँ आउँदा ११५ र जाँदा ८० रुपैयाँ भुक्तानी गर्नु पर्दछ ।















आर्थिकन्यूज