शीर्षकहरू

लक्ष्मी सनराईजको अगुवाईमा ७० मेगावाटको दुधकोशी-२ का लागि साढे १० अर्ब लगानी जुट्यो

लक्ष्मी सनराईजको अगुवाईमा ७० मेगावाटको दुधकोशी-२ का लागि साढे १० अर्ब लगानी जुट्यो

काठमाडौं । लक्ष्मी  सनराईज बैंकको अगुवाईमा सहवित्तीयकरणमा सहभागी बैंकहरु र दुधकोशी हाइड्रोपावर नेपालबिच सो कम्पनीले सोलुखुम्बु जिल्लामा अवस्थित दुधकोशी नदीमा निर्माण गर्ने ७० मे.वा. क्षमताको अर्धजलासय दुधकोशी-२ (जलेश्वर) जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ ।

यो सहकार्यले नेपालको नविकरणीय उर्जा परिदृश्यमा महत्वपुर्ण भूमिका खेल्ने बताइएको छ । सो आयोजनाको कुल लागत १५ अर्ब रहेको छ। सहवित्तियकरणमा एभरेष्ट बैंक सह-अगुवा बैंक र सानिमा बैंक सदस्य बैंकको रुपमा रहेका छन् भने कूल प्रोजेक्ट फाइनान्स १० अर्ब ५० करोड रहने छ ।

सो परियोजना निमार्णको लागि लक्ष्मी  सनराईज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरुले परियोजना लागतको ७० प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएका छन् भने बाँकी ३० प्रतिशत रकम सो कम्पनीका संस्थापकबाट लगानी हुनेछ ।

दुधकोशी-२ (जलेश्वर) जलविद्युत आयोजनाले २०७७ असोजमा विद्युत विकास विभागबाट विद्युत उत्पादनको अनुमति लिनुका साथै २०७८ मंसिरमा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता समेत गरिसकेको छ ।

सो आयोजना जुलाई २०२९ भित्र निर्माण सम्पन्न भई विद्युत उत्पादन भए पश्चात वार्षिक करिब ४१७ गिगावाट आवर इनर्जी विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुनुको साथै देशकै ठुलो स्वतन्त्र उर्जा उत्पादकको मध्यको रुपमा रहने छ ।

सो कम्पनीको मुख्य प्रवद्र्धकको रुपमा आयु मलुन हाइड्रोपावर, कदम केसी, किरण मल्ल, अभिज्ञा मल्ल, विक्रम गौतम,विकास गौतम, अरुण अग्रवाल, नरेन्द्र गुप्ता, डा. हिमाल भट्टराई तथा विभिन्न प्राइभेट इक्विटी भेन्चर क्यापिटल रहेका छन् ।