शीर्षकहरू

टेलिकमले हुवावेले प्रस्ताव गरेको मूल्य खोल्ने मिति दोस्रो पटक सर्यो

टेलिकमले हुवावेले प्रस्ताव गरेको मूल्य खोल्ने मिति दोस्रो पटक सर्यो

काठमाडौँ । जेनजी प्रदर्शनका कारण नेपाल टेलिकमले बिलिङ प्रणाली खरिद ठेक्कामा प्राविधिक रूपमा योग्य ठहरिएको चिनियाँ कम्पनी हुवावे टेक्नोलोजिले प्रस्ताव गरेको मूल्य खोल्ने मिति अनिश्चितकालका लागि स्थगित गरेको छ । बुधबार सार्वजनिक सूचना जारी गर्दै टेलिकमले मूल्य खोल्ने प्रक्रिया स्थगित गरेको जनाएको छ । 

कम्पनीले प्रदर्शनकै कारण पहिलेको मिति सारेर ८ असोजको मिति तय गरेको थियो । त्यसअघि गत भदौ ३० गते मूल्य खोल्ने निर्णय भएको थियो । कम्पनीले आज (बुधबार) प्रस्तावित मूल्य खोल्ने भनिए पनि आज नै सूचना जारी गरी अर्को सूचना जारी नभएसम्मका लागि मूल्य खोल्ने मिति पुनः स्थगित गरेको जनाएको छ । गत १५ भदौमा टेलिकमले हुवावे मात्र प्राविधिक रूपमा योग्य ठहरिएको जनाएको थियो ।

टेलिकमले १८ मार्च २०२५ मा आह्वान गरेको ठेक्कामा हुवावे र ह्लेल क्लाउडले मात्र प्रस्ताव पेस गरेका थिए । यसमध्ये हुवावेलाइ  मात्रै प्राविधिक रूपमा योग्य ठह¥याइएको छ ।

गत २५ जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकमको बिलिङ प्रणाली खरिद (मर्मतसम्भारसम्बन्धी टेन्डर) मा अनियमितता भएको भन्दै तत्कालीन प्रबन्ध निर्देशक सङ्गीता पहाडी अर्याल सहित विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।