काठमाडौं । नेपालले प्राप्त गरेको प्रत्यक्ष वैदेशिक लगानी सञ्चित १२.७ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ मा प्रत्यक्ष वैदेशिक लगानी सञ्चित बढेर तीन खर्ब ३२ अर्ब ७० करोड रुपैयाँ पुगेको हो । नेपाल राष्ट्र बैकले गरेको अध्ययन अनुसार आव २०७९/८० मा यस्तो सञ्चित दुई खर्ब ९५ अर्ब ४९ करोड रुपैयाँ पुगेको थियो ।
केन्द्रीय बैंकको तथ्यांक अनुसार आव २०७८/७९ मा यस्तो सञ्चित दुई खर्ब ६४ अर्ब ३२ करोड रुपैयाँ थियो भने आव २०७७/७८ मा दुई खर्ब २७ अर्ब ९४ करोड रुपैयाँ थियो । आव २०७६/७७ मा एक खर्ब ९८ अर्ब ५२ करोड प्रत्यक्ष वैदेशिक लगानी सञ्चित रहेको थियो ।
प्रत्यक्ष वैदेशिक लगानीमध्ये चुक्ता पूँजी ८.२ प्रतिशतले वृद्धि भएको छ । आव २०८०/८१ मा चुक्ता पूँजी एक खर्ब ६८ अर्ब ७५ करोड रुपैयाँ पुगेको केन्द्रीय बैंकको अध्ययनले देखाएको छ । आव २०७९/८० मा भने एक खर्ब ५५ खर्ब ९० करोड रुपैयाँ थियो । आव २०७८/७९ मा एक खर्ब ४१ अर्ब ९६ करोड रुपैयाँ भएकोमा आव २०७७/७८ मा एक खर्ब २२ अर्ब ८८ करोड रुपैयाँ रहेको तथ्यांक छ । आव २०७६/७७ मा एक खर्ब ८ अर्ब ७ करोड चुक्ता पूँजी भएको तथ्यांकमा उल्लेख छ ।
प्रत्यक्ष वैदेशिक लगानीको जगेडा कोष २२.७ प्रतिशतले वृद्धि भएको छ । राष्ट्र बैंकले गरेको अध्ययन अनुसार जगेडा कोष वृद्धि भै आव २०८०/८१ म एक खर्ब २२ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । आव २०७९/८० मा भने यस्तो जगेडा कोष ९९ अर्ब ६६ करोड २४ लाख रुपैयाँ थियो । आव २०७८/७९ मा ८३ अर्ब ७८ करोड ६१ लाख रुपैयाँ थियो । आव २०७७/७८ मा भने ७१ अर्ब ९८ करोड २१ लाख रुपैयाँ थियो भने आव २०७६/७७ मा ६७ अर्ब ७ करेडा १९ लाख रुपैयाँ थियो ।
कर्जा भने ५ प्रतिशतले मात्रै वृद्धि भएको छ । राष्ट्र बैंकका अनुसार २०८०/८१ मा कर्जा रकम ४१ अर्ब ९३ करोड ९७ लाख रुपैयाँ रहेको छ । आव २०७९/८० मा ३९ अर्ब ९२ करोड ४६ करोड रुपैयाँ कर्जा प्राप्त भएको थियो । आव २०७८/७९ मा ३८ अर्ब ५८ करोड १० लाख रुपैयाँ सन्चित कर्जा थियो भने आव २०७७/७८ मा ३३ अर्ब ७ करोड ९३ लाख रुपैयाँ कर्जा थियो । यस्तै, आव २०७६/७७ मा २३ अर्ब ३७ करोड ६६ लाख रुपैयाँ कर्जा प्राप्त भएको थियो ।
सञ्चित लगानीमा चुक्ता पूँजीको हिस्सा अधिक
नेपालले प्राप्त गरेको प्रत्यक्ष वैदेशिक सञ्चित लगानीमा चुक्ता पूँजीको हिस्सा अधिक छ । राष्ट्र बैंकको अध्ययन प्रतिवेदन अनुसार २०८०/८१ मा चुक्ता पूँजीको हिस्सा ५०.७ प्रतिशत थियो । जगेडा कोषको ३६ं.७ प्रतिशत हिस्सा छ भने सञ्चित कर्जाको १२.६ प्रतिशत छ ।
आव २०७९/८० मा सञ्चित चुक्ता पूँजीको हिस्सा ५२.७ प्रतिशत छ भने जगेडा कोषको हिस्सा ३३ं.७ प्रतिशत छ । यस्तै, कर्जाको हिस्साको १३ं.५ प्रतिशत छ । यस्तै, आव २०७८/७९ मा चुक्ता पूँजीको हिस्सा ५३ं.७ प्रतिशत, जगेडा कोषको ३१.७ प्रतिशत र कर्जाको हिस्सा १४ं.६ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ ।
आव २०७७/७८ मा चुक्ता पूँजीको हिस्सा ५३.९ प्रतिशत, जगेडा कोषको ३१.६ प्रतिशत र कर्जाको हिस्सा १४.५ प्रतिशत रहेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । आव २०७६/७७ मा भने चुक्ता पूँजीको हिस्सा ५४.४ प्रतिशत, जगेडा कोषको ३३ं.८ र कर्जाको ११.८ प्रतिशत छ ।
वित्तीय क्षेत्रको सञ्चित लगानीको हिस्सा २४ प्रतिशत
प्रत्यक्ष वैदेशिक सञ्चित लगानीमध्ये वित्तीय क्षेत्रको हिस्सा पनि अधिक रहेको पाइएको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार नेपालको प्रत्यक्ष वैदेशिक कुल सञ्चित लगानी रकममध्ये २४.४ प्रतिशत हिस्सा बैक तथा बीमा क्षेत्रको छ । तथ्यांक अनुसार यस क्षेत्रमा लगानी सञ्चित ८१ अर्ब ३९ करोड ५४ लाख रुपैयाँ छ । यो रकम आव २०७९/८० को तुलनामा ६ प्रतिशतले बढी हो । सो अवधिमा यस क्षेत्रको सञ्चित लगानी १३.२ प्रतिशतले बढेर ६७ अर्ब ७८ करोड ५ लाख रुपैयाँ पुगेको थियो ।
विद्युत, ग्यास, स्टिम, एयरकण्डिसन र उत्पादन क्षेत्रको लगानी सञ्चित सबैभन्दा धेरै छ । राष्ट्र बैंकको तथ्यांक अनुसार विद्युत, ग्यास, स्टिम, एयरकण्डिसन क्षेत्रका सञ्चित लगानी ९८ अर्ब ३३ करोड ७३ लाख रुपैयाँ छ । यो रकम भनेको कुल सञ्चित रकमको २९ं.५ प्रतिशत हो । आव २०८०/८१ मा यो रकम ११ प्रतिशतले बढेको हो । आव २०७९/८० मा भने यो रकम २ प्रतिशतले बढेर ८६ अर्ब ८५ करोड २६ लाख रुपैयाँ थियो ।
उत्पादन क्षेत्रको भने सञ्चित लगानी ८६ अर्ब ७७ करोड ४६ लाख रुपैयाँ छ । यो रकम कुल सञ्चित लगानीको २९ं.३ प्रतिशत हो । आव २०८०/८१ मा यो रकम १२.४ प्रतिशतले बढेको छ । आव २०७९/८० मा भने सञ्चिति लगानी रकम २९.३ प्रतिशतले बढेर ७७ अर्ब ९२ करोड ८७ लाख रुपैयाँ पुगेको थियो ।
आवास तथा खाना क्षेत्रको सञ्चित लगानी २६ अर्ब ९० करोड ७३ लाख रुपैयाँ रहेको छ । यो रकम आव २०८०/८१ सम्मको कुल सञ्चित लगानीको ८.१ प्रतिशत हो । सो आवमा यस्तो सञ्चित लगानी ३६ं.३ प्रतिशतले बढेको छ । आव २०७९/८० मा भने यस्तो सञ्चित ३३ं.६ प्रतिशतले बढेर १३ अर्ब ८८ करोड ४१ लाख रुपैयाँ पुगेको थियो ।
सूचना तथा सञ्चार क्षेत्रको सञ्चित लगानी २१ अर्ब ७२ करोड ९७ लाख रुपैयाँ रहेको छ । आव २०८०/८१ मा रहेको कुल सञ्चित लगानी रकममध्ये यसको हिस्सा ६.५ प्रतिशत हो । सो वर्ष यस्तो सञ्चित १७.२ प्रतिशतले बढेको हो । आव २०७९/८० मा भने यस क्षेत्रको सञ्चित लगानी ५५ प्रतिशतले बढेर १२ अर्ब ७३ करोड ३० लाख रुपैयाँ पुगेको थियो ।
मुना कुँवर