शीर्षकहरू

२ महिनामा निर्जीवन बीमाको व्यापार ८ अर्ब २९ करोड, कुन कम्पनीको कति ?

२ महिनामा निर्जीवन बीमाको व्यापार ८ अर्ब २९ करोड, कुन कम्पनीको कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को दुई महिनामा निर्जीवन बीमा कम्पनीहरुले ८ अर्ब २९ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । चालु आवको साउन र भदौ महिनामा ४ लघु सहित १८ निर्जीवन बीमा कम्पनीले ८ अर्ब २९ करोड ३२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । 

यो अवधिमा कम्पनीहरुले ४ लाख ९० हजार ३०७ वटा पोलिसि बिक्री गरेका छन् । जबकी साउन महिनामा २ लाख ४६ हजार ५६६ वटा पोलिसि बिक्री गरेका थिए । 

सबैभन्दा धेरै बीमाशुल्क सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले गरेको छ । यस कम्पनीले पछिल्लो २ महिनामा ८९ करोड ४४ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दा शिखर इन्स्योरेन्सले ८४ करोड ८२ लाख, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ७७ करोड ३३ लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ७१ करोड १७ लाख र एनएलजी इन्स्योरेन्सले ६८ करोड ७५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । 

धेरै बीमालेख बिक्री गर्नेमा भने यूनाईटेड अजोड इन्स्योरेन्स अगाडी रहेको छ । यस कम्पनीले ६६ हजार ८१४ वटा पोलिसि बिक्री गर्दा शिखरले ५० हजार ५५० वटा, हिमालयन एभरेष्टले ४४ हजार ४१८ वटा, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ४४ हजार ३०९ वटा, नेको इन्स्योेरेन्सले ४४ हजार १०४ र सलिकोले ४१ हजार २७१ वटा पोलिसि बिक्री गरेको छ । 

कुन पोर्टफोलियोबाट कति बीमाशुल्क संकलन ? 

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार सबैभन्दा धेरै सम्पत्ति बीमा पोर्टफोलियोबाट २ अर्ब ५१ करोड ४२ लाख रुपैयाँ बीमाशुल्क संकलन हुँदा मोटरबाट २ अर्ब ३० करोड ६८ लाख, ईन्जीनियररिङ तथा ठेक्काको बीमाबाट १ अर्ब ९ करोड ६७ लाख, विविधबाट ९९ करोड ४८ लाख, ढुवानी (मर्यून)बाट ५३ करोड ९ लाख, कृषि तथा पशुपंक्षीबाट ३२ करोड ८२ लाख र लघुबाट १६ करोड ८२ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ ।