शीर्षकहरू

२ महिनामा जीवन बीमाको व्यापार ३६ अर्ब, कुन कम्पनीको कति ?

२ महिनामा जीवन बीमाको व्यापार ३६ अर्ब, कुन कम्पनीको कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को दुई महिनामा जीवन बीमा कम्पनीहरुले करिब ३६ अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । ३ लघु जीवन बीमा कम्पनी सहित १७ जीवन बीमा  कम्पनीले साउन र भदौ महिनामा ३५ अर्ब ९९ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । 

जसमध्ये सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ९ अर्ब ६८ करोड ३२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यसैगरी, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ३ अर्ब ९८ करोड २७ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दा लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपालले २ अर्ब ३९ करोड ४२ लाख रुपैयाँ संकलन गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । 

null

प्राधिकरणका अनुसार भदौ मसान्तसम्म १ करोड ५९ लाख ३६ हजार ७७१ जना सक्रिय बीमित रहेका छन् । रिलायबल लाइफ इन्स्योरेन्सका २४ लाख ३६ हजार, नेपाल लाइफका १६ लाख ४२ हजार, नेशनलका १३ लाख ७१ हजार र सिटिजन लाइफका ८ लाख ४२ हजार जना सक्रिय बीमित रहेका छन् । 

यो अवधिमा वैदेशिक रोजगार म्यादी जीवन बीमा पोर्टफोलियोबाट ५८ करोड ३८ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ । लघु जीवन बीमा कम्पनीहरुले १५ करोड ३८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।