काठमाडौं । नेपाल राष्ट्र बैंकले सवारी साधनको लोन टु भ्यालु रेसियो वृद्धि गरेको छ । शुक्रबार बैंक तथा वित्तीय संस्थालाई एकिकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकले लोन टु भ्यालु रेसियो वृद्धि गरेको हो ।
राष्ट्र बैंकका अनुसार जेनजी आन्दोलनबाट पत्यक्ष रुपमा प्रभावित उद्योग तथा व्यावसायिक प्रतिष्ठानमा व्यावसायिक रुपमा प्रयोग भइरहेको सवारी तथा ढुवानीका साधन क्षति भई प्रतिस्थापन गर्न कर्जा प्रदान गर्दा लोट टु भ्यालु रेसियो ८० प्रतिशत कायम हुनेछ ।
यी बाहेक अन्य प्रयोजनका सवारी खरिदको हकमा भने लोन टु भ्यालु रेसियो ६० प्रतिशत नै रहने छ ।
आर्थिकन्यूज