काठमाडौं । देउवा–आरजुको घरमा भेटिएको पैसाको भिडियो बाहिर ल्याउने पत्रकारलाई ज्यान मार्ने धम्की दिएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी श्रीमती डा आर्जू राणाको घरमा भेटिएको पैसाको बारेमा भिडियो बाहिर ल्याउने सिधा कुराका पत्रकार नविन ढुंगानालाई ज्यान मार्ने धम्की दिइएको छ ।
उक्त धम्कीका विषयमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले पनि ध्यान आकर्षण भएको र दोषीलाई कारबाही गर्न माग गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै समाचार प्रकाशित प्रति खण्डन र उजुरी गर्न भन्दा धम्की दिनु गलत भएको नाफिजले जनाएको छ ।
उक्त भिडियो बाहिर ल्याउने सिधाकुरा डटकमका सम्पादक समेत नवीन ढुंगानालाई ज्यान मार्ने धम्की आएको हो । पीडित पत्रकारले आफूलाई भिडियो डिलिट नगरे दुई दिन भित्र मार्ने भन्दै सानु भाई नामक व्यक्तिले फेसबुकबाट धम्की दिएको बताएका छन् । आफूलाई आएको म्यासेजसहित सुरक्षा प्रशासनलाई सुरक्षाको लागि ध्यानाकर्षण गराइसकेको ढुंगानाले बताएका छन् । धम्की दिने व्यक्ति समेत पहिचान भइसकेको र प्रशासनलाई कारबाहीका लागि पहल गर्न अनुरोध गरेको बताए ।
आर्थिकन्यूज