काठमाडौं । नेपालीहरुको महान पर्व दशैँ सुरु भइसकेको छ । दशैँमा आफन्तहरु भेला हुने, मिठो मसिनो खाने चलन रहेको छ । यसमा पनि विशेषगरी माछा मासु दशैँमा धेरै खाने गरिन्छ ।
मांसहारी नेपालीका लागि दशैँ मासु खाने पर्व जस्तै भइसकेको छ । ताकी दशैँको फुलपातिको दिनदेखि टिकाको दिनसम्म हरेक मांसहारी नेपालीको घरमा मासु पाकिरहेको हुन्छ । यस समयमा आवश्यकभन्दा धेरै मासु खाइरहेका हुन्छौँ ।
यसैगरी, मानुसँगै दशैँमा रमाउनका लागि मदिरा सेवन गर्ने चलन पनि छ । अन्य समयको भन्दा दशैँमा मानिसहरुले मदिरा सेवान गरेका हुन्छन् । र दशैँमा आम मासिनहरु यात्रा गर्ने गर्दछन् ।
विशेषगरी आफ्नो कर्मथलोदेखि जन्मथलोमा जाने चलन छ । काठमाडौँबाट मात्रै लाखौँ मानिस घर जान्छन् । अन्य शहरबाट पनि लाखाँै मानिस आफ्नो गाउँ घरमा फर्किन्छन् । यस क्रममा केही मानिसहरुलाई यात्रा गर्दा वान्ता आउने गर्दछ ।
यसै सन्दर्भमा पोषणविद् मिना कुमारी गुरुङसँग आर्थिक न्यूजले कुराकानी गरेको छ । हाल काठमाडौँ मेडिकल कलेजमा पोषणविद्को रुपमा काम गर्दै आएकी गुरुङसँग हामीले मासु कति खाने, यसका फाइदा र बेफाइदा, मदिरा कति खाने ? मदिरा खादा शरिरलाई कस्तो असर पर्दछ र यात्रामा हुने वान्ता रोक्न के गर्ने भन्नेबारे कुराकानी गरेका छौँ । प्रस्तुत छ कुराकानीको संम्पादित अंशः
मासु कति खाने ?
खासमा हाम्रो शरिरलाई माछा मासु आवश्यक पनि पर्दछ । तर, कति चाहिन्छ भन्ने मुख्य विषय हो । हाम्रो एक केजी तौल अनुसार एक ग्राम प्रोटिन चाहिन्छ ।
हामीले मासु खाँदा मासुमात्रै खाएका हुँदैनौँ । त्यसमा बोसोपनि रहेको हुन्छ । मरमसला पनि रहेको हुन्छ । एक पटकमा ७५ ग्राम मात्रै मासु खोने हो । त्यो भन्दा महत्वपूर्ण कुरा मासुसँगै सलाद लगायतका खानेकुरा पनि खानुपर्दछ ।
जब माछामासु खाएपछि सोही अनुसार पानी खाइन्दैन । त्यसपछि हाम्रो शरिरमा असर गर्न थाल्छ । एकदिन माछामासु धेरै खाइयो भने अर्काे दिन माछामासु नखाएर शागसब्जी, फलफलु, सलादहरु धेरै खानुपर्यो ।
माछामासु धेरै खाँदा वा सन्तुलन नमिलाउँदा अस्पतालमा दशैँको बेला अस्पतालमा धेरैजसो मानिस डाइरिया भएर आउनु हुन्छ । यसैगरी, बमिट, ज्वरो लगायतका विरामी दशैँमा धेरै देखिन्छन् ।
माछामासु धेरै खादा किडनीमा असर गर्ने हुन्छ, माछामासुमा धेरै बोसो भएकाले फ्याट्टी लिभरको समस्या पनि हुन सक्छ । फ्याट्टी लिभर धेरै भएपछि मुटुमा समस्या, मोटोपन लगायत अन्य दिर्घरोगहरु सुरु हुन्छ ।
मदिरा कति पिउँने ?
अमेरिकाको एउटा रिसर्ज अनुसार महिलाहरुले दिनमा १५० मिलि लिटरसम्म मदिरा सेवन गर्न मिल्छ भने पुरुषले ३०० मिलि लिटरसम्म सेवन गर्न पाइन्छ भनिएको छ । तर, मदिरा नपिएकै राम्रो हो शरिरका लागि ।
तर, जतिसुकै मात्रामा होस, हाम्रो शरिरले पचाँउन सक्दैन भने मदिरा नलिउँ । मदिरामा भएको अल्कोहलको मात्राले हाम्रो शरिरमा असर पर्नेहो । अल्कोहललाई पचाउँने क्षमता हाम्रो शरिरमा पनि हुन्छ । त्यो क्षमता भन्दा धेरै सेवन गर्दा असर पुग्ना थाल्छ । अल्कोहलले लिभर, किडनी लगायतको असर गर्दछ ।
यसैगरी, सफ्ट ड्रिङ्सको पनि सेवान नगर्दा राम्रो । त्यसमा भएको चिनिको मात्राले शरिरलाई असर गरिरहेको हुन्छ ।
वान्ता रोक्ने औषधी सेवन गर्दा खाना पनि खानु पर्छ
यात्रा गर्दा वान्ताको लागि औषधीनै लिने हो । तर, खाली पेट बस्ने भने होइन । खालिपेट बस्ने अनि औषधीमात्र खायो भने त्यसले झन असर गर्दछ ।
अनि यात्रा गर्दा सकभर घरबाटै खाजा लिएर यात्रा गर्न सुझाव दिन चाहान्छु ।
आर्थिकन्यूज