शीर्षकहरू

भगवति हाइड्रोद्वारा २० प्रतिशत लाभांश घोषणा

भगवति हाइड्रोद्वारा २० प्रतिशत लाभांश घोषणा

काठमाडौं । भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले २० प्रतिशत लाभांश घोषणा गरेको छ । 

शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट १४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद (कसरहित) लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । 

यसैबचि आगामी कात्तिक २ गते साधारण सभा आह्वान गरिएको छ । उक्त सभाबाट भएपछि उक्त लाभांश लगानीकर्ताले पाउने छन् ।

साधारणसभा प्रयोजनको लागि असोज २१ गते बुक क्लोज गर्ने निर्णय पनि भएको छ ।