काडमाडौं । काठमाडौंका प्रमुख नाकाहरुमा उपत्यका छाड्नेहरूको चहलपहल बढेको छ । बीपी र अरनिको राजमार्ग हुँदै पूर्वी नेपाल जानेहरूको भिड थेगिनसक्नुको छ । थ्वीराजमार्गको विभिन्न स्थानमा गएको पहिरो, मुग्लिन नारायणघाट सडक खण्डमा झरेको पहिरोको कारण यो वर्ष पूर्व जानेहरू बीपी राजमार्गको प्रयोग गरेर गइरहेका छन् ।
तर साँघुरो सडक तथा गत असोजमा आएको बाढीपहिरोले क्षति बनाएको बीपी राजमार्ग हुँदै दशैं मनाउने उमंगसहित घर हिँडेका यात्रु अहिले बाटोमा भएको जामले सास्ती बेहोर्न बाध्य छन्। बीपी र अरनिको राजमार्ग हुँदै जाने सवारीको संख्या बढेसँगै जाम बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
सूर्यविनायक धुलिखेल सडक निर्माणाधीन र बीपी रजमार्ग सानो भएकाले जाम धेरै भएको हो । विषेशगरी बाढीले क्षति पुर्याएको स्थानमा बढी जाम छ । बाढीले बिगारेको सडकका कारण जाम भएको छ । राजमार्गको धेरै जाम हुने स्थानमध्ये साँघुरा पुल, तथा बाढी पहिरोले भत्काएका स्थानका कच्चि सडक र खाल्डाखुल्डीले बढी जाम देखिएका छन् ।
आर्थिकन्यूज