काठमाडौं – दशैंको लामो बिदामा पनि वाणिज्य बैंकहरूले विभिन्न शाखा सञ्चालन गर्ने भएका छन्। दशैंका मुख्य दिनमा समेत आवश्यक वित्तीय कारोबार सहज होस् भन्ने उद्देश्यले काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरमा शाखा कार्यालयहरू खुला रहने बैंकहरूले जनाएका छन्। केही बैंकहरुले विजयादशमीको दिनमा पनि बैंकिङ्ग सेवा दिने छन् ।
बैंकहरुले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै बैंकिङ्ग सेवा दिन लागेका हुन् ।बैंकहरुले दशैंको समयमा नगद कारोबार मात्रै गर्ने भएका छन् भने सकेसम्म डिजिटल कारोबार गर्न आग्रह गरेका छन् ।
बैंकहरूको सूचनाअनुसार दशैं बिदामा खुल्ने शाखाबाट बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सेवा प्राप्त गर्न सकिनेछ। यस अवधिमा नगद भुक्तानी तथा निक्षेप, चेक भुक्तानी, विदेशी मुद्रा विनिमय, एटिएम मर्मतजस्ता आधारभूत सेवा सहज हुने वाणिज्य बैंकहरूको संघले जनाएको छ।
बैंकहरूले तोकिएका शाखाबाट दशैं बिदामा आधारभूत सेवा सहज हुने जनाएका छन्। यसबाट रकम जम्मा–निकासीदेखि चेक भुक्तानी, एटिएम मर्मत र आवश्यक वित्तीय कारोबारमा ग्राहकलाई सुविधा हुने अपेक्षा गरिएको छ।
यता, नेपाल राष्ट्र बैंकले पनि व्यापार सहजीकरण गर्न, आपूर्ति प्रणाली सुचारु राख्न तथा सेवा प्रवाहको निरन्तरता कायम गर्न मालवस्तुको भन्सार जाँचपास गर्ने प्रयोजनको लागि आवश्यक बैंकिङ्ग सेवा सुचारु गर्न अनुरोध गरेको छ । केन्द्रीय बैंकले विजया दशमीको दिन बाहेक दशैं बिदाको अरु सबै दिन भन्सार जाँचपास गर्न आवश्यक पर्ने बैंकिङ्ग सेवा सुचारु गर्ने व्यवस्था गर्न आग्रह गरेको हो ।
कुन बैंकका शाखा खुल्छन् ?
एभरेष्ट बैंक – न्यूरोड, पुल्चोक, ठिमी
नेपाल बैंक – काकरभिट्टा, कृष्णनगर, न्यूरोड
राष्ट्रिय वाणिज्य बैंक – विराटनगर, इटहरी, वसन्तपुर, धनगढी, त्रिभुवन विमानस्थल
ग्लोबल आईएमई बैंक – विराटनगर, इटहरी, धरान, दमक, बिर्तामोड, मुग्लिन, भरतपुर, हेटौंडा, पर्सा, चरिकोटलगायत
प्रभु बैंक – बबरमहल, कमलादी, जावलाखेल, भक्तपुर, विराटनगर, वीरगञ्ज, जनकपुर, पोखरा, नेपालगञ्ज, बुटवल, धनगढी आदि
प्राइम कमर्सियल बैंक – कमलपोखरी, पुल्चोक, ठिमी, भरतपुर, वीरगञ्ज, नेपालगञ्ज, बुटवल, पोखरा, धनगढीलगायत
सिद्धार्थ बैंक – हात्तीसार, न्यूरोड, विराटनगर, बिर्तामोड, जनकपुर, पोखरा, नेपालगञ्ज, बुटवल, धनगढी, महेन्द्रनगर आदि
स्ट्यान्डर्ड चार्टर्ड बैंक – ललितपुर, नक्साल, नयाँ बानेश्वर, पोखरा, बुटवल, वीरगञ्ज, नेपालगञ्ज, विराटनगर, धनगढी
नबिल बैंक – विराटनगर, इटहरी, धरान, दमक, जनकपुर, ललितपुर, कलंकी, ठिमी, महाराजगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी, सुर्खेतलगायत
सानिमा बैंक – काठमाडौं उपत्यकाका विभिन्न शाखा (कलंकी, नयाँ बानेश्वर, चाबहिल, गोंगबु, महाराजगञ्ज आदि) र इटहरी, दमक, जनकपुर, वीरगञ्ज, पोखरा, बुटवल, सुर्खेत, धनगढी, महेन्द्रनगरलगायत
हिमालयन बैंक – हिटी दरबार, त्रिपुरेश्वर, न्यूरोड, भक्तपुर, बनेपा, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी, महेन्द्रनगर आदि
कुमारी बैंक – इटहरी, उर्लाबारी, पुतलीसडक, कुमारीपाटी, नयाँ बानेश्वर, नारायणगढ, बुटवल, नेपालगञ्ज, सुर्खेतलगायत
एनआइसी एसिया बैंक – विराटनगर, बिर्तामोड, दमक, वीरगञ्ज, जनकपुर, भक्तपुर, पुल्चोक, न्यूरोड, बुटवल, सुर्खेत, धनगढी आदि
कृषि विकास बैंक – देशभरका प्रमुख शाखा (विराटनगर, धरान, बिर्तामोड, राजविराज, वीरगञ्ज, पोखरा, बुटवल, घोराही, नेपालगञ्ज, सुर्खेत, महेन्द्रनगर आदि)
लक्ष्मी सनराइज बैंक – काठमाडौं उपत्यका (गैरीधारा, पुल्चोक, भृकुटीमण्डप आदि) र विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, बुटवल, धनगढी, नेपालगञ्ज
माछापुच्छ्रे बैंक – काठमाडौं, इटहरी, जनकपुर, पोखरा, नारायणगढ, बुटवल, नेपालगञ्ज, धनगढी, महेन्द्रनगर आदि
एनएमबी बैंक – धरान, बिर्तामोड, विराटनगर, वीरगञ्ज, पोखरा, सुर्खेत, महेन्द्रनगर आदि
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक – दरबारमार्ग, बत्तीसपुतली, कालिमाटी, पुल्चोक, न्यूरोड, ठमेल, पोखरा आदि
नेपाल एसबिआई बैंक – विराटनगर, बिर्तामोड, वीरगञ्ज, जनकपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत, धनगढी आदि
आर्थिकन्यूज