शीर्षकहरू

बुद्ध एयरले गर्‍यो आजका सबै उडान रद्द

बुद्ध एयरले गर्‍यो आजका सबै उडान रद्द

काठमाडौं । बुद्ध एयरले आजका सबै उडान रद्द गरेको छ ।  मौसममा आएको प्रतिकूल अवस्थाका कारण आजका सबै उडान रद्द गरिएको कम्पनीले जनाएको छ । 

उडान रिसेड्युल तथा रिफण्डका लागि आ–आफ्ना ट्राभल एजेन्सी, पोर्टल वा कम्पनीको कल सेण्टरमा सम्पर्क गर्न पनि बुद्ध एयरले अनुरोध गरेको छ ।

अविरल परेको वर्षाका कारण देशभरको जनजीवन प्रभावित बन्नुका साथै विभिन्न राजमार्गहरू अवरुद्ध बनेका छन् ।