काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले रायड सेयरिङ कम्पनीहरुलाई बढी भाडा अनसुल्न चेतावनी दिएको छ।
जिप्रकाका प्रशासकीय अधिकृत सुजन कुमारी बर्देवाले साविकभन्दा अहिले बढी भाडा लिएको गुनासो प्राप्त भएको भन्दै कानुनबमोजिम कारबाही हुने जनाएकी हुन्।
इन्ड्राइभ, पठाओ र यांगोलगायतका राइड सेयरिङ कम्पनीले बढी भाडा लिएको गुनासो प्राप्त भएको प्रशासनले उल्लेख गरेको छ।
त्यसो गरेमा आवश्यक प्रमाणसहित प्रशासनमा बुझाउन यात्रुहरुलाई प्रशासनले अनुरोध गरेको छ।

आर्थिकन्यूज