शीर्षकहरू

एमालेले मधेश सरकारबाट समर्थन फिर्ता लिने

एमालेले मधेश सरकारबाट समर्थन फिर्ता लिने

काठमाडौं। नेकपा एमालेले मधेश प्रदेश सरकारबाट समर्थन फिर्ता लिने भएको छ । एमालेले बुधबार ४ बजे समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुख समक्ष बुझाउने भएको छ । एक साता अगाडि नेपाली कांग्रेसले समेत समर्थन फिर्ता लिइसकेको छ ।

जनमत संसदीय दलको निर्देशन नटेरेपछि जनमतले समेत प्रदेश प्रमुख र सभामुख रामचन्द्र मण्डललाई समर्थन फिर्ता र सरकारबाट बाहिरिएको पत्र भदौ ३१ गते नै बुझाइसकेको छ ।

२०८१ जेठ २५ मा नेकपा एमालेसहितका दलको समर्थनमा जनमतका सतिशकुमार सिंह मुख्यमन्त्री बनेका थिए ।

अब नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने सम्भावना छ । नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवको नेतृत्वमा नेकपा एमाले,  जनमत र लोसपाको गठबन्धनको सरकार बन्ने आन्तरिक सहमति भइसकेको छ । 

१०७ सदस्य मधेश प्रदेश सभामा नेकपा एमालेका २५ कांग्रेसका २२, जनमतका १३ र लोसपाको ९ सिट छ ।