शीर्षकहरू

लगानीकर्ताको ‘कन्फिडेन्स’ घट्दा नेप्सेमा गिरावट, पुँजी बजार सुधार प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजान माग

लगानीकर्ताको ‘कन्फिडेन्स’ घट्दा नेप्सेमा गिरावट, पुँजी बजार सुधार प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजान माग

काठमाडौं । पछिल्लो समयमा विकशित अस्थिर राजनीतिका कारण लगानीकर्ताको ‘कन्फिडेन्स’ घट्दा शेयर बजारमा दैनिक उच्च गिरावट आएको छ । जेनजी प्रर्दशन पश्चात मुलुकमा देखापरेको राजनीति अस्थिरता नै शेयर बजार गिरावटको प्रमुख कारण रहेको जानकारहरु बताउँछन् ।

दशैंपछि खुलेको पहिलो कारोबार दिन मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक ५८.५५ अंकले घटेको थियो । बुधबार पनि नेप्से सूचक अंकले ४५.३६ अंकले घटेको छ । दशैपछिका दुई कारोबार दिनमै नेप्से सूचक झण्डै १०४ अंकले घटेको छ । त्यसो त दशैंअघिका कारोबारमा पनि नेप्से बढ्न सकेको थिएन । अधिकांश कारोबार दिनमा शेयर बजार घटेको थियो ।

दशैँपछिको दोस्रो कारोबार दिन बुधबार पनि शेयर बजार उच्च अंकले ओरालो लागेको छ । बुधबार नेप्से परिसूचक ४५.३६ अंकले घटेर २५ सय ५९ दशमलव ५९ बिन्दुमा झरेको छ ।

नेप्से परिसूचक घटेपनि यसदिन कारोबार रककमा भने दोब्बर वृद्धि देखिएको छ । आज ३३५ कम्पनीको १ करोड ३७ लाख ४९ हजार ५०४ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७६ करोड २७ लाख रूपैयाँको कारोबार भएको छ । मंगलबार ३२६ कम्पनीको १ करोड ३ लाख ४५ हजार ९०३ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६२ करोड ९० लाख ४२ हजार रूपैयाँको कारोबार भएको थियो।

यस दिन पनि १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.०९ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक ३ प्रतिशत घटेको छ भने विकास बैंक, जलविद्युत, लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

यस दिन सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर २०८७ को मूल्य सर्वाधिक ७.०९ प्रतिशत बढेको छ। प्रभु इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक ६.१२ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको २६ करोड १६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।

पुँजी बजार सुधार प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजान माग

स्टक ब्रोकर एशोसिएशन अफ नेपाल (एसबान) ले पुँजी बजार सुधार कार्यदलले बुझाएको प्रतिवेदनको स्वागत गर्दै कार्यान्वयनका लागि जोडदार माग गरेको छ । अर्थमन्त्री रामेश्वर खनालको निर्देशनका गठित कार्यदलले बुझाएको उक्त प्रतिवेदनको स्वागत गर्दै तत्काल कार्यान्वनका लागि सम्बद्ध निकायसँग माग गरेको हो ।

अर्थमन्त्री खनालनको निर्देशनका धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा पुँजीबजार सुधारका लागि सुझाव दिन कार्यदलन गठन गरिएको थियो । उक्त कार्यदलले प्रतिवेदन बुझाएसँगै अर्थमन्त्री खनालले धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लगायत निकायलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयले उक्त निर्देशन दिएसँगै एसबानले पनि पुँजी बजार सुधारका लागि आवश्यक व्यवस्थाहरु तत्काल कार्यान्वयनमा लैजान माग गरेको हो।

null