शीर्षकहरू

एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं  । एभरेष्ट बैंक लिमिटेडले गत आवको मुनाफाबाट प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि बैंकले असोज २४ गते एक दिनका लागि बुक क्लोज गर्दैछ । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरु मात्रै बैंकको उक्त लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।  

बैंकले आव २०८१-८२ को सञ्चित मुनाफाबाट १४ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) र ६ प्रतिशत बोनस शेयर गरी कुल २० प्रतिशत लाभांश घोषणा गरेको छ ।

बैंकले आगामी कात्तिक १२ गते बुधबारका दिन काठमाण्डौको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा आफ्नो ३१ औं वार्षिक साधारणसभा आयोजना गर्दैछ । उक्त सभाबाट अनुमोदन भएपश्चात प्रस्तावित लाभांश शेयरधनीहरुलाई वितरण गरिनेछ ।

त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।