शीर्षकहरू

१२ सयले बढ्यो सुनको भाउ, ताेलाको २ लाख ४० हजार नजिक

१२ सयले बढ्यो सुनको भाउ, ताेलाको २ लाख ४० हजार नजिक

काठमाडौं । बिहीबार पनि सुनको भाउ ऐतिहासिक उचाईमा पुगेको छ । हिजो बुधबार प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा १२ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार यस दिन प्रतितोला सुनको मूल्य २ लाख ३९ हजार २ सय रुपैयाँ पुगेको छ । आज चाँदीको भाउ पनि तोलामा ७० रुपैयाँले बढेर प्रतितोला ३ हजार २५ रुपैयाँमा पुगेको छ ।