शीर्षकहरू

माइतीघरमा प्रदर्शन गर्न खोज्ने एक जना युवा पक्राउ

माइतीघरमा प्रदर्शन गर्न खोज्ने एक जना युवा पक्राउ

काठमाडौं । माइतीघरमा प्रदर्शन गर्न खोज्ने एक जना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सञ्जिव दाहाल रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले कसैलाई पनि प्रदर्शनका लागि अनुमति नदिएको अवस्थामा उनी प्रदर्शन गर्न भन्दै माइतीघर पुगेपछि पक्राउ गरिएको जनाइएको छ ।

करिब २८ दिनदेखि माइतीमा सरिश्मा थापाको समूह धर्ना बसिरहेकोले उक्त समूहलाई उक्साउने किसिमको जोखिम पनि रहेको प्रहरीले बताएको छ ।