शीर्षकहरू

जेनजी आन्दोलनमा लुटिएका ८ सय हतियार अझै फिर्ता भएनन्

जेनजी आन्दोलनमा लुटिएका ८ सय हतियार अझै फिर्ता भएनन्

काठमाडौं । भदौ २३ र २४ गतेको जेनजीहरुको आन्दोलनका क्रममा प्रहरीबाट लुटिएका ८ सय हतियार अझै फिर्ता भएको छैन । नेपाल प्रहरीको केन्द्रीय कार्यालयका अनुसार ८ सय भन्दा धेरै हतियार अझै फिर्ता आएको छैन । 

उक्त आन्दोलनका क्रममा करिब १२ सयवटा हतियार लुटिएका थिए । जसमध्ये ४ सय हतिया फिर्ता ल्याइएको कार्यालयले जनाएको छ । 

आन्दोलन पछि प्रहरीले लुटिएका हतियार तथा पोसाक फिर्ता गर्न अनुरोध गर्दै सूचना जारी गरेको थियो । सूचना जारी नै गरेपछि हालसम्म ८ हजार बढी हतियार अझै फिर्ता नभएको कार्यालयको भनाई छ । उक्त हतियारले सूरक्षामा नै चुनौति थपिएको जनाइएको छ । 

उक्त आन्दोलनका क्रममा देशभरका प्रहरी बिटबाट उक्त हतियार लुटिएको थियो । लुटिएका हतियार खोज्नका लागि समिति नै बनाएर काम भइरहेको पनि केन्द्रीय कार्यालयले जनाएको छ ।